काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध रुपमा काम गर्न ७७ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् ।
देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिर्दै गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध रुपले काम गर्न निर्देशन दिएका हुन्।
केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ। शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन्।
गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।
गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन पनि उनले निर्देशन दिएका छन् ।