परासी । रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामग्राम – १८ धरमपुरका अन्दाजी ३३ बर्षिय दिपक गैरे रहेको छ । केही हप्ता अगाडि गैरेलाई रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको पक्राउ पुर्जी जारी पश्चात उनी फरार रहेका थिए ।
उनलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरी आबश्यक कार्बाहीको लागि रुपन्देही प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्ड्येले जानकारी दिएको छ । रुपन्देही प्रहरीको अनुरोधमा नियन्त्रणमा लिई बुझाएको समेत जानकारी दिनुभयो ।
उनी रामग्राम नगरपालिका प्रमुख धनपत यादवको स्वकीय सचीवसमेत रहेको बताउदै, प्रमुख यादवको कार्यकक्षमा सधै देखिन्थ्यो । उनलाई मंगलबार बिहान पश्चिम नवलपरासीबाट पक्राउ गरेका हुन ।