काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयमा बहस सुरु भएको छ ।
जसपाको राजनीतिक समितिको बैठकमा यसबारे छलफल चलिरहेको छ । जसपाको राजनीतिक समितिको मंगलबारको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
बैठकमा सहभागी जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी रहेको बताए । सोमबार एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पत्रकारहरुसँग कुरा गर्दै जसपासँग पार्टी एकताबारे छलफल चलिरहेको संकेत गरेका थिए ।
माधव नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । उक्त पार्टी २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।