बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काभ्रेमा बर्सेनि सुन्तला उत्पादनमा गिरावट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
काभ्रेमा बर्सेनि सुन्तला उत्पादनमा गिरावट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रेपलाञ्चोक । जिल्लामा बर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यसवर्ष पनि दुई प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सरिता सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार रोग एवं कीराका कारण सात वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतका हाराहारीमा गिरावट हुँदै आएको छ । त्यसअघि काभ्रेपलाञ्चोकमा बर्सेनि सात सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको थियो । जिल्लाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएको छ ।

गतवर्ष छ सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । “यसवर्ष पनि सुन्तला उत्पादनमा दुई प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरेका छौँ”, सापकोटाले भन्नुभयो । विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएकोे केन्द्रको तथ्याङ्कले देखाएको छ । सुन्तलामा लाग्ने विविधरोग निराकरणमा किसान र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न हुँदै आएको जनाइएको छ । सापकोटाले भन्नुभयो, “बिरुवा रोपेपछि किसानले खासै ध्यान दिएको पाइँदैन, यसकारण विविध रोगले अक्रमण गरेपछि निराकरणमा समस्या उत्पन्न हुन्छ, जसका कारण उत्पादनमा कमी हुँदै जाने हो ।”

यसैबीच विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित देखिन्छन् । काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र पनौती नगरपालिका–१० पस्थलीका किसान प्रेमबहादुर तामाङले उत्पादन कमी हुँदै गए पनि सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुकोे विकल्प छैन,  हामीले यही बगैँचाबाट वार्षिक रु. चार लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले रु. एक लाख पनि पाउन मुस्किल हुने भयो ।”

विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उहाँको अनुभव छ । धुलिखेल नगरपालिका–१० शङ्खुका किसान शिवप्रसाद आचार्यले सुन्तला उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने बाध्यता हुँदै गएको बताउनुभयो । उहाँका अनुसार सुन्तलाको बोट कुहिने, नकुहिने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुनेजस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो । रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरिएको अधिकृत सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ । जिल्लाभर समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एकरदुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्नै अभियानकै रुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ ।

सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको हो । रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थित रूपले व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ । “सुन्तला उत्पादनमा गिरावट हुनुकाे रोग नै प्रमुख कारण हो”, सापकोटाले भन्नुभयो । काभ्रेपलाञ्चोकको नमोबुद्ध, पनौती, शङ्खु, बल्थली, शारदाबतासे, कुशादेवी, र¥याले, पस्थली र खरिबोटलगायतका स्थान सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लामा वार्षिक रु. ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रिने गर्दथ्यो ।  रासस

यो पनि पढ्नुहोस्

विवादितलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै असन्तुष्ट

विवादितलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै असन्तुष्ट

१५ मिनेट अगाडि
युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिए

युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिए

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक