काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध नुफिन ९२ एम्पुल, डाइजेपाम इन्जेक्सन ९२ एम्पुल, हाइड्रोक्लोराइड ईन्जेक्सन ९२ थान सहित लम्जुङ सुन्दर बजार नगरपालिका-८ कुसुण्डे बस्ने २२ वर्षीय अनिल सापकोटालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने २१ वर्षीय मदन शाहीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६६ ट्याबलेट, ट्रामाडोल ३५ ट्याबलेट र क्यारिसपास ३० ट्याबलेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित गैरीखाली बजारमा हिँडी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।