काठमाडौं । सामान्यतया पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअसले कम हुनु पर्छ। पछिल्ला दशकहरूमा भएका अध्ययनका अनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा थप खतरा पैदा गर्छ।
त्यसको कारण ती उपकरणको ब्याटरीको तातो हो। यसले शुक्रकीटलाई प्रभाव पार्छ। मिरान्डाका अनुसार उच्च तापमानमा गरिने गतिविधि (लामो समय लगाएर तातो पानीमा नुहाउनु वा ुसाउनाुमा बस्नुले पनि प्रजनन क्षमतामा समस्या पार्न सक्छ।
काखमा ल्यापटप राख्दा शुक्रकीटलाई हानि पुग्न सक्छ । प्रविधिसँग जोडिएको अर्को खतरा पनि छ। चिकित्सकहरूले ‘विद्युत्च-म्बकीय तरङ्ग; टेलिफोन ‘सिग्नल’ अनि ताररहित इन्टरनेटका सम्भावित नकारात्मक प्रभावको पनि चर्चा गरेका छन्। ‘प्रयोगशालामा गरिएको प्रयोगले वाईफाई अनि विद्युत्चु म्बकीय तरङ्गले शुक्रकीटमा प्रभाव पार्ने देखाउँछ,’ उनले थपे।
तर यी प्रविधिहरूले यी कोषिकाहरूलाई साँच्चै हानि गर्छ कि गर्दैन भन्ने निश्चित हुन अझै सम्भव छैन। बीबीसीबाट



