काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने जनाएका छन् ।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल अघि बढाउने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै मुलुकसँग जोड्न मिल्ने जनाएका छन् । कास्कीबासीको चाहना पुरा भएको भन्दै पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान गर्ने उनले बताए ।