शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइएलएस प्रणाली लागू नहुँदा गौतमबुद्ध विमानस्थलमा रोकियो अन्तर्राष्ट्रिय उडान

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइएलएस प्रणाली लागू नहुँदा गौतमबुद्ध विमानस्थलमा रोकियो अन्तर्राष्ट्रिय उडान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भैरहवा – गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ। अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए। तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन्।

हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ।

‘लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्,’ उनले भने, ‘यस्तो समयमा प्रतिकूल मौसमका कारण उडान रद्द गर्नु पर्दा पर्यटक यहाँ आउन पाएका छैनन्।’

जाडो र चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिविलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो। भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिविलिटी दुई सय मिटर हाराहारीमा पुग्छ। घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान नै नहुने भइरहेको छ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन्। जजिराले डिसेम्बरसम्म उडान स्थगित जानकारी दिए पनि यो मौसमी प्रतिकूलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ। आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन।

विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम–आइएलएस) जडान छ। तर कार्यान्वयनमा भने आउन सकेको छैन। आइएलएस रेडियो नेभिगेशन प्रणाली हो। जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। आइएलएस प्रणाली कार्यान्वयन गर्दा लागि भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्ने महाप्रबन्धक दाहालको भनाइ छ।

विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ। तर आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिने दाहालको भनाइ छ।

विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल विसं २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो। ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थल विसं २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो।

आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे छ। फोर ई क्याटेगरीको विमानस्थलमा नवौं क्याटेगरीका दमकल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको यो विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वटा वाइडबडी गरी पाँच वटासम्म जहाज पार्किङ गर्न सकिन्छ।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन्। यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु विमानस्थल हुँदै बाहिरिएका छन्।

विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।-रासस

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ

५ घण्टा अगाडि
ललिता निवास प्रकरणः आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध रिट निवेदन दर्ता

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक