पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।
घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ।
आक्रमणकारीहरूले त्यस क्षेत्रको खराब मौसमको फाइदा उठाएका थिए।
सिरियाको सरकारी समाचार संस्थाले पनि पूर्वी सिरियाका प्रमुख तेल र ग्यास खानीमा नियन्त्रण राखेको संयुक्त राज्य अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको उल्लेख गरिएको छ।
सिरियाली सरकारले वासिङ्टनविरूद्ध अरब देशबाट तेल चोरेको, अवैध रूपमा आफ्नो भूभाग कब्जा गरेको र आफ्नो सीमाभित्र भाडाका सैनिक तथा आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ।


