शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपाली कांग्रेस जनताको हितमा सोच्ने पार्टी कहिल्यै बनेन !

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली कांग्रेस जनताको हितमा सोच्ने पार्टी कहिल्यै बनेन !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’ भन्ने यो चर्चित उक्ति हालै नेपाली राजनीतिमा पनि दोहोरियो । दुई वर्षअघि दुई विपरीत ध्रुवमा बाँडिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रच सत्ता समीकरणका लागि सहकार्य भयो । माओवादीका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । विगतको टसलकै कारण एक अर्कालाई देख्न पनि नचाहेका केपी शर्मा ओली र प्रचण्डबीच यस्तो सहकार्य हुनुको आधार भने अर्को दल नेपाली कांग्रेस बन्यो । कांग्रेस निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकार बनाउन असफल रह्यो । सभापति शेरबहादुर देउवाको हठका कारण पार्टीले महत्वपूर्ण पद मात्र गुमाएन, प्रतिपक्षमा पनि धकेलियो । प्रचण्ड नेतृत्वको सरकारको आयु कति होला ? कसरी काम गर्ला ? यस्ता प्रश्नहरु थुप्रै छन् । तर, पंक्तिकारले यस आलेखमा भने देशकै मुख्य पार्टी कांग्रेसको विगत र वर्तमानसम्मको भूमिकालाई उठाउन खोजेको छ । हालै मात्र सत्ता समीकरणका लागि कांग्रेस र यसका सभापति देउवाको क्रियाकलापले पनि देशको लागि कांग्रेसको हालसम्मको भूमिकाबारे समीक्षा जरुरी भएको हो ।
कुनै देशको विकास र समृद्धिका लागि सत्तामा आसपासमा रहँदै आएको दल, तिनका नेता, पार्टी सिद्धान्तहरु महत्वपूर्ण रहन्छ । कांग्रेस यस्तो दल हो, जो नेपालको पार्टी इतिहासमा सबैभन्दा पुरानो र नेपाली राजनीतिमा केन्द्रमा रहँदै आएको छ । राणा शासनकालदेखि नेपालमा सक्रिय रहेको यो दल पञ्चायत, राजसंस्था, प्रजातन्त्र र लोकतन्त्रकालीन अवस्थासम्म पनि मुख्य भूमिकामा छ । तत्कालीन बीपी कोइराला नेतृत्वको कांग्रेसकै अगुवाइमा नेपालमा राणाशासन अन्त्य भएको थियो, जसलाई तत्कालीन राजा तथा कम्युनिष्ट पार्टीले पनि समर्थन गरे । त्यसपछि २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले बहुमत पाएर सत्ता सञ्चालन गर्ने मौका पाएको थियो । तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पञ्चायत व्यवस्था ल्याएपछि कांग्रेस सत्ताबाट विमुख हुनुप¥यो । बीपी भारतमा निर्वासित भए । पछि मेलमिलापको नीति लिएर नेपाल आए । तर, उनले मुलुकलाई सही दिशामा लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् । त्यसपछि २०४६ सालको जनआन्दोलनपछि पनि कांग्रेस सधैं प्रमुख पार्टी नै बनिरह्यो । पटकपटक सत्ता सञ्चालनको अवसर पनि पायो । तर, ती सबै अवसर खेर गयो । चाहे त्यो बीपी कोइराला होऊन् वा गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवा नै किन नहोऊन्, देशलाई कायापलट गर्ने गरी उनीहरुबाट कुनै काम हुन सकेन ।
यसको एउटै कारण कांग्रेसमा निरन्तर देखिएको आन्तरिक द्वन्द्व । सुरुवाती कालमा कांग्रेसमा दुई कोइराला भाइ बीपी र मातृकामा नै टसल थियो । त्यतिबेला प्रमुख नेतामा गणेशमान सिंह, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई लगायत थिए । यी नेताहरुको स्वार्थको चपेटामा पर्दा न कांग्रेसले गति लिन सक्यो न मुलुकमा नै प्रजातन्त्रको बहाली हुन सक्यो । २०४६ सालपछि प्रजातन्त्र आएपछि पनि कांग्रेसको यो विवाद टुंगिन सकेन । पार्टीका प्रमुख नेताहरु त फेरिए, तर नेताहरुमा देखिने टसल बाँकी नै रह्यो । त्यतिबेला पनि गिरिजाप्रसाद, कृष्णप्रसादलगायत नेताहरुको खिचातानीको शिकार मुलुक भइरह्यो । ५० को दशकमा नेपालको राजनीति अस्थिरताको शिकार भयो । त्यतिबेला नै पटकपटक निर्वाचन, सरकार फेरबदल, सांसद किनबेच जस्ता काण्डहरु मच्चिए । कांग्रेसको यो फोहोरी खेलमा पछिल्लो समय थपिएका थिए, शेरबहादुर देउवा । कांग्रेसको दीर्घकालीन यो रोग अहिले पनि साम्य भएको छैन । सत्ताका लागि आन्तरिक द्वन्द्वमा नै फसिरहने कांग्रेस कहिले कम्युनिस्ट पार्टीमा फुट ल्याउन त कहिले तिनैको बलमा सत्ताको नेतृत्व लिन पनि अग्रसर हुँदै आएको छ ।
कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको सधैं टसल रहने गर्छ । प्रायःजसो संस्थापन पक्ष रहेका र सभापति भइसकेका नेताहरु जीवनको अन्तिम समयसम्म पनि पार्टीको नेतृत्वमा जरो गाडेर बस्ने प्रचलन छ, जसका कारण पार्टीमा गतिशीलता पैदा हुन सकेको छैन । कांग्रेसको यो गतिहीनताको सिको क्रमशः कम्युनिस्ट पार्टीहरुमा पनि देखिन थालेको छ । कुनै पनि पार्टीलाई प्रतिस्पर्धी गतिविधिले ठूलो प्रभाव पार्छ । तर, कांग्रेसको विगतदेखि वर्तमानसम्मको अवस्थालाई समीक्षा गर्ने हो भने यो पार्टीमा आन्तरिक द्वन्द्व र सत्ता समीकरणका लागि चलखेलबाहेक अन्य उपलब्धि भेट्न सकिँदैन । कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी दाबी त गर्छ, तर पदाधिकारी चयन, निर्वाचनमा उम्मेदवार छनोट लगायत धेरै विषयमा अझै लोकतान्त्रिक प्रक्रिया अपनाउन सकिरहेको छैन । यसको अर्थ अन्य पार्टीमा समस्या नरहेको भन्ने होइन । तर, कांग्रेस एउटा पुरानो र सधैं मुलुकको प्रमुख दल भएकाले उसबाट यो अपेक्षासम्म गर्न सकिन्छ ।
यदि कांग्रेसले त्यस्तो प्रक्रियालाई अवलम्बन गरेको भए अन्य पार्टीलाई पनि यो ठूलो पाठ बन्न सक्छ । तर, न त कांग्रेसले आफ्नो पार्टीगत समस्या हल गर्न सकेको छ न त सरकारमा गएर देशको समृद्धिलाई टेवा पुग्ने काम नै गर्न सकेको छ । यसबीचमा कम्युनिस्ट सरकारबाट भएका काम बरु केही उल्लेखनीय रहेका छन् । कांग्रेस फेरि आफ्नो विगत दोहो¥याउने कि नयाँ बाटोतर्फ लाग्ने भन्ने मोडमा पुगेको छ । अब कांग्रेसमा देखिने परिवर्तन र यसले प्रतिपक्षमा निर्वाह गर्ने भूमिकाले नै यसको उत्तर दिनेछ , आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

करिब एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी

करिब एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी

४ घण्टा अगाडि
वैदेशिक व्यापारको आकारले इतिहासमै पहिलो पटक नयाँ रेकर्ड कायम

वैदेशिक व्यापारको आकारले इतिहासमै पहिलो पटक नयाँ रेकर्ड कायम

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

सरकारको विपद् पूर्वतयारी प्रशंसनीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक