बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

प्राविधिक प्रहरी अधिकृत आधारभूत तालिम समापन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत ३०औं समूहको तालिम बिहीबार आयोजित एक समारोहबिच समापन भएको छ । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले तालिममा सर्वप्रथम तथा शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. दिपक बाबु मग्राती, सर्वद्वितीय तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. सागर पन्त, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक विनोद न्यौपाने, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. केशव श्रेष्ठ र कवाज एवम् प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. पुजा श्रेष्ठलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले दीक्षित भएका अधिकृतहरुले तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशलहरुको सही र उचित उपयोग गरी आफ्‍नो कार्यक्षेत्रमा व्यवसायिक सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्य क्षेत्रको शुभकामना समेत व्यक्त गर्नुभयो । तालिम दिर्घ सेवामा सदैव एक आधार स्तम्भको रुपमा रहने र व्यावसायिक जीवनशैलीमा समेत उल्लेखनीय स्थान बनाउने विश्वास व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले दीक्षित भएका अधिकृतहरुलाई आधारभूत प्रशिक्षणले आफ्नो कार्यक्षेत्रमा व्यावसायिक प्रहरी कर्मचारी बनाई नेपाल प्रहरीको जनपद प्रहरी समूहसँग गर्ने 2 सहकार्य, उचित समन्वय र आकस्मिक एवं संकटकालीन अवस्थामा समेत आवश्यकता अनुसार नियमित प्रहरी कार्य गर्न सक्ने गरी प्रशिक्षित गरिएको उल्लेख गर्नुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरूङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको भएको थियो ।

सो अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १५ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा सहभागी प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक २ जना तथा प्रहरी निरीक्षक २९ जना गरी ३१ जना प्रशिक्षार्थीहरुले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।  प्रहरी सेवाका प्राविधिक अधिकृतहरुलाई संगठनको मुलभूत कार्यहरु, सांगठानिक स्वरुप, प्रशासन र व्यवस्थापन प्रक्रिया, प्रहरी आचरण एंव व्यवहारबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाई संगठनको एक उच्च अनुशाशित सबल तथा जिम्मेवार सदस्यमा रुपान्तरण गर्नु प्रशिक्षणको मुख्य उद्धेश्य रहेको थियो ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

१ घण्टा अगाडि
घरमै पुुगेर राहदानी वितरण

घरमै पुुगेर राहदानी वितरण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक