शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दोलखाको उच्च हिमाली भेग लप्ची आसपास एक जोडी हिमचितुवा देखिएपछि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दोलखाको उच्च हिमाली भेग लप्ची आसपास एक जोडी हिमचितुवा देखिएपछि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

६ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

८ घण्टा अगाडि
दोलखा । दोलखाको उच्च हिमाली भेग लप्ची आसपास एक जोडी (आमा र बच्चा) हिमचितुवा देखिएका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको बिगु गाउँपालिका–१ लप्ची आसपास जंगली जनावरको प्रजातिबारे अध्ययन गरिरहेको र सोही क्रममा एक महिनाअघि आमा र बच्चा हिमचितुवा क्यामेरा ट्र¥यापिङमा परेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।

हिमचितुवाको आमा र हुर्कंदै गरेको बच्चा खेलिरहेको अवस्थामा लप्ची गुम्बा नजिक झण्डै चार हजार मिटरको उचाइमा रहेको देउराली क्षेत्रमा देखिएको सूचना अधिकारी दाहालले बताउनुभयो । लप्ची आसपास नै तीन वर्षअघि सन् २०१९ मा पनि एउटा वयश्क हिमचितुवा संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र-यापिङमा देखिएको थियो । झन्डै दुई महिनाअघि पनि दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ क्षेत्रमा हिमचितुवा देखिएको गौरीशङ्कर संरक्षण क्षेत्रले जनाएको छ । योबाहेक अन्य दुई ठाउँमा पनि हिमचितुवा देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।

समुद्री सतहदेखि तीन हजार मिटरमाथिको उचाइमा पाइने बिरालो वर्गमा पर्ने संरक्षित जनावर हिमचितुवा गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र¥यापिङमा पटक–पटक देखिँदा अध्यनमा उत्साह थपिएको सूचना अधिकारी दाहाल बताउनुहुन्छ । अहिले हिमचितुवाको संख्याबारे यकिन गर्न गौरीशङ्कर संरक्षण क्षेत्रले लप्ची र रोल्वालिङ क्षेत्रका विभिन्न ठाँउमा क्यामेरा ट्र-यापिङसहित अध्ययन गरिरहेको दाहालले बताउनुभयो ।

अहिले हिमचितुवा देखिएको क्षेत्र उसको हिँड्ने बाटो हो वा शिकारको लागि आइपुगेको हो भन्ने विषय पनि थप अध्ययनपछि मात्र भन्न सकिने दाहालले बताउनुभयो । यसको संख्याको बारेमा अब केही महिनाभित्र नै जानकारी गराउन सकिने उहाँको भनाइ छ ।संरक्षित जनावर हिमचितुवा लप्ची र रोल्वालिङ क्षेत्रमा पटक–पटक देखिँदा उत्साहित बनेको गौरीशङ्कर संरक्षण क्षेत्रले जलविद्युत् आयोजना निर्माण तथा विभिन्न मानव गतिविधिले यसलाई असर नगरोस् भनेर सर्तकता अपनाइरहेको जनाएको छ ।

तस्वीर: सौजन्य गौरीशङ्कर संरक्षण क्षेत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक