काठमाडौं । सर्पबाट टाढै बस्नु राम्रो भनेर धेरैले भन्ने गर्छन् । तर समय फेरिएको छ । मानिसहरु सर्पलाई पनि घर पालुवा बनाएर राख्न थालेका छन् । उनीहरुले सर्पलाई बच्चालाई झैँ पाल्छन् ।
तर एउटा भनाई नै छ – सर्पलाई पालिरहेको थियो । सोसल मिडियामा एउटा भिडियो धेरै पटक हेरिएको छ । यो हेरेपछि मानिसहरुले भनिरहेका छन् कि आखिर सर्पलाई पाल्न नै किन पर्यो ? वास्तवमा, भाइरल भिडियोमा एक महिलाले निकै प्रेमपूर्वक बोलाउँदै अजिंगरलाई पिँजडाबाट निकाल्छिन् । तर अजिंगरले मौका देख्ने बित्तिकै महिलाको हातमा यति नराम्रोसँग टोकिदियो भुइँभरी रगत छरियो । यतिमात्रै होइन, अजिंगरको पकडबाट महिलाको हात छुटाउनका लागि पनि हम्मेहम्मे भयो । यो १.४८ मिनेटको भिडियोमा देख्न सकिन्छ कि एक महिलाले अजिंगरलाई पिँजडा खोल्दै ‘हाय बेबी गर्ल’ भनेर बाहिर निकाल्छिन् ।
तर यति नै बेला अजिंगर उनीतर्फ बढ्न थाल्यो र महिलाको हातमा टोक्दै बेस्सरी जकड्न थाल्यो । यो भिडियो डेली लाउड नामको ट्विटर ह्यान्डलबाट २४ अक्टोबरमा सेयर गरिएको थियो । हेर्नुहोस् भिडियो
यो


