मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेरिस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो ।

सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो वर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा वर्णन गर्नुभएको छ ।

सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् ।

युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भन्नुभयो, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ ।

“दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,” उहाँले एएफपीसँग भन्नुभयो ।

सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो ।

केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर, फेब्रुअरीको अन्त्यमा रूसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो ।

धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन् । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनाेट गर्न बाध्य छन् ।

केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले ।

संयुक्त राज्य अमेरिका र युरा क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ ।

सावधानीपूर्वक खर्च
विकसित र उदीयमान राष्ट्रहरूको समूह (जी–ट्वेन्टी) मा उपभोक्ता मूल्य चौथो त्रैमासिकमा आठ प्रतिशत पुग्ने र अर्को वर्ष ५.५ प्रतिशतमा झर्ने अनुमान जी–ट्वेन्टीको आर्थिक सहयोग र विकासमामिला सङ्गठन (ओईसीडी)ले जनाएको छ । ओईसीडीले सरकारहरूलाई घरपरिवारमा राहत ल्याउन सहायता प्रदान गर्न प्रोत्साहित गरिरहेको छ ।

ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार २७ राष्ट्रसम्मिलित युरोपेली सङ्घ (ईयूमा)मा उपभोक्तालाई उच्च ऊर्जा मूल्यबाट जोगाउन अहिलेसम्म ६७४ अर्ब युरो (करिब ७०४ अर्ब अमेरिकी डलर) छुट्याइएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र रूसको ऊर्जा आपूर्तिमा सबैभन्दा बढी निर्भर जर्मनीले कुल २६४ अर्ब युरो ओगटेको छ ।

अन्स्र्ट एन्ड योङ्ग ग्लोबल लिमिटेड (ईवाई) नामक कन्सल्टेन्सीले गरेको एक सर्वेक्षणअनुसार दुईमध्ये एक जना जर्मनले अहिले अत्यावश्यक वस्तुमा मात्र खर्च गर्ने गरेको बताएका छन् ।

बढ्दो ब्याजदरले उपभोक्ता र व्यवसायलाई समेत असर गरेको छ ।

अमेरिकी फेडरल रिजर्भ र युरोपियन सेन्ट्रल बैंक दुवैले डिसेम्बरमा आफ्नो दर वृद्धिको गतिलाई सुस्त बनाउन थालेका छन् । तर उनीहरूले मुद्रास्फीतिमा पकड प्राप्त गर्न अझै उच्च जान आवश्यक रहेको सङ्केत दिएका छन् ।

अर्थशास्त्रीहरूले जर्मनी र युरोजोनको अर्को ठूलो अर्थतन्त्र इटाली मन्दीको चपेटामा पर्ने अनुमान गरेका छन् । बेलायतको अर्थतन्त्र खुम्चिँदै गएको छ । रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले सन् २०२३ मा युरो क्षेत्रमा स्थिरता आउने प्रक्षेपण गरेको छ ।

तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भने सन् २०२३ मा विश्व अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ओईसीडीले २.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

चीनमा कोभिड–१९ नियन्त्रणका प्रतिबन्धहरू खुकुलो पारिनुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी वृद्धिको प्रमुख चालकको पुनरुत्थानको आशा जगाएको छ ।

यी प्रतिबन्धहरूले चीनको अर्थतन्त्रलाई तहसनहस पारेको थियो र देशव्यापी विरोध प्रदर्शनहरू निम्तिएका थिए ।

यो पनि पढ्नुहोस्

जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने

जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने

४८ मिनेट अगाडि
नेपालभाषा कार्यान्वयनमा देखिएका समस्याहरूका बारेमा ध्यानाकर्षण

नेपालभाषा कार्यान्वयनमा देखिएका समस्याहरूका बारेमा ध्यानाकर्षण

३ घण्टा अगाडि

चीनले यसै हप्ता जनवरी ८ देखि विदेशी नागरिकका लागि कोभिड–१९ सँग सम्बन्धित ‘क्वारेण्टाइन’ अन्त्य गर्ने घोषणा गर्दै विश्वका पर्यटकका लागि चीनलाई खुला गर्ने सङ्केत दिएको थियो ।

जलवायु लागत
तर अर्थशास्त्री बीट्स्माको विचारमा अहिलेको विश्वको सबैभन्दा ठूलो सङ्कट जलवायु परिवर्तन हो, जुन ‘सुस्त गतिमा’ तर निरन्तर चलिरहेको छ ।

प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा हालसम्म २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्वीस रि हरिकेन इयानले मात्र ५० देखि ६५ अर्ब अमेरिकी डलर बराबरको अनुमानित क्षति व्यहोरेको छ ।

पाकिस्तानमा आएको बाढीका कारण यस वर्ष ३० अर्ब अमेरिकी डलरको आर्थिक क्षति तथा व्यापक मानवीय क्षति भएको छ ।

गत नोभेम्बरमा इजिप्टमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता (कोप–२७) मा सरकारहरूले प्राकृतिक प्रकोपबाट तहसनहस भएका कमजोर विकासशील देशहरूले व्यहोर्नुपरेको क्षतिलाई पूर्ति गर्न कोष खडा गर्न सहमत भए पनि हरितगृह ग्याँस उत्सर्जन घटाउन र विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न आवश्यक भए तापनि जीवाश्म इन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्ने नयाँ प्रतिबद्धताबिना कोप–२७ शिखर सम्मेलन समाप्त भएको थियो ।

“यो गम्भीर सङ्कट होइन, तर दीर्घकालीन सङ्कट हो,” बीट्स्माले भन्नुभयो । उहाँले थप्नुभयो, “ हामीले पर्याप्त काम गर्न सकेनौं भने यसले हामीलाई अभूतपूर्व स्तरमा प्रहार गर्नेछ ।रासस/एएफपी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

आजदेखि मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

पाराग्वेले जर्मनीलाई हराएर अन्तिम १६ मा प्रवेश

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक