काठमाडौं । उत्तरी अमेरिकामा आएको हिमआँधीका कारण अहिलेसम्म अमेरिका र क्यानडाका ३८ जनाले ज्यान गुमाएका छन्। अमेरिकी अधिकारीका अनुसार यो आँधीका कारण अमेरिकाका मात्रै ३४ जनाको ज्यान गएको छ। यता क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा एक बस चिप्लिँदा चार जनाको ज्यान गएको छ। Mega Bank Nabail Bank समाचार एजेन्सी एपीका अनुसार आइतबार दिउँसोम्म दुई लाख मानिस बिजुलीको पहुँचमा थिएनन्। यसअघि यो तथ्यांक १७ लाख थियो। IME Agni यो आँधीका कारण हजारौं फ्लाइट रद्द गरिएको छ। जसका कारण ठूलो संख्यामा मानिसहरु क्रिसमसका लागि परिवारकहाँ जान पाएनन्।


