शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन : डा भगवान कोइराला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन : डा भगवान कोइराला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चिकित्सकीय पेशा आफैँमा ऊर्जा दिने पेशा हो। हाम्रो कामले प्रत्येक दिन सकरात्मक ऊर्जा दिन्छ। यदि यसलाई उर्जा दिने पेशको रुपमा लिनुपर्छ। हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं। कहिले कही असन्तुष्टि पनि हुन सकिन्छ। दुःख त हुन्छ। थकित पनि भइन्छ। प्रत्येक दिन दर्जनौं विरामीको हँसिलो अनुहार देख्न पाइन्छ। यसले गर्दा गर्दा काम गर्ने ऊर्जा मिल्छ। यो भाग्यको कुरा पनि हो।

मुलभूत रुपमा बिरामी र बिरामीको आफन्तहरुप्रति चिकित्सक कति संवेदनशील छन भन्ने कुरा महत्वपूर्ण हुन्छ। विरामीको आफन्तलाई संवदेनशील छन् भन्ने अनुभूत भयो भने विरामीका आफन्तहरु आक्रमक हुँदैनन्। बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो। हृदयघात भएर पनि बिरामीको मृत्यु हुन्छ। सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफैँ पनि फसेको छु। अपरेसशनपछि कतिपय अवस्था मृत्यु हुनसक्छ। तर, ती सबै घटना दुर्घटना भने हुँदैन। विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन। बिरामीका परिवारले चिकित्सक इमान्दार भएर महसुस गरे भने आक्रमण हुँदैन। तर, जिम्मेवारी दुवैको हुन्छ। जनता पनि चेतनशील हुनुपर्छ। अनावश्यक भौतिक हो–हल्लाले जनतालाई नै हानी गर्छ। दुवैको जिम्मेवारी एउटै हो भनेर बुझ्यो भने मात्रै फाइदा हुन्छ। मुटुभित्र आफैँमा संवेदना हुँदैन, यो सत्य हो। संवेदना दिमागको टिप एरियामा हुन्छ। त्यहीबाट ‘एक्प्रेस’ भएर मुटुलाई ‘ड्राइभ’ हुने हो।

प्रत्येकपटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर फेरि चालु गर्दा म मलाई एक्साइटमेन्ट बनाउँछ। मुटु अरु माशंपेशीजस्तो होइन। यसको आफ्नै रिदम हुन्छ। मुटुको युनिक फिचर्स छ। त्यसैले प्रत्येक मटुलाई ‘टिक’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ। अर्को चुनौती पनि छ। यस अर्थमा हेर्दा धेरै संवेदशील भएको महसुस हुन्छ। अस्पतालमा गम्भीर प्रकृतिका बिरामी आउँदा उनीहरुको र उनहरुका आफन्तको ‘इमोसन’ सम्बोधन गर्न सक्नुपर्छ। त्यसबेला उनीहरु  आत्तिएका हुन्छन्। त्यसमा डाक्टरहरुले विचार पुर्यानैपर्छ । बिरामीको रोग र उनीहरूको आफन्तको मानसिक उपचार गर्नुपर्ने हुन्छ। चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन। बिरामी समग्र वातावरण ठीक ठाउँमा राख्ने चिकित्सकको हातमा हुन्छ। त्यसैले विरामी र आफन्तको ‘इमोसन’लाई सम्बोधन गर्न सकियो भने सब ठीक हुन्छ।

२०(२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ। तत्कालीन स्वास्थ्यमन्त्रीले देशमा मुटुको रोग नै छैन। मुटुको अस्पताल किन चाइयो भनेका थिए। तर, विस्तारै बुझ्दै जान थाले। अहिले मुटुको समस्या भएका बिरामी धेरै छन्। अहिले मुटु अस्पताल साँच्चै आवश्यक रहेछ भन्ने साबित भयो। ‘गाइड’ गर्दिने काम पनि विज्ञहरुकै हो। यसमा हामी सबै जिम्मेवारी हुनुपर्छ।

‘हृदय’ पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बालअस्पताल खोल्ने कुरा कति सम्भव भन्ने कुरामा म क्लियर नै छु। मसँग पैसा छैन, तर सामाजिक क्षेत्रमा काम गर्ने साथीहरु मिलेर यो काम गरौं भनेर लागेको हुँ। देशका लागि आवश्यक पनि छ यो। यद्यपि, स्वाथ्य क्षेत्रको समग्रमा काम गर्न बाँकी नै छ। यसको पहिलो महत्वपूर्ण काम यो हुन सक्छ। बालअस्पताल सरकारी योजनाभित्र परे पनि सबैले मिलेर गर्ने काम गरौं भन्ने लाग्छ।

हामी सबैले मिलेर काम गर्न चाहान्छौं। अस्पतालको मोडल सरकारी र  गैरसकारी क्षेत्रबाट हुने हो। यो मोडलबाट गयो भने दीर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाइएको हो। यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ। तर, यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो। त्यसैले, यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु। देशको र राष्ट्रिय स्तरका संघसंस्थाको स्तर हेर्दा पनि नेतृत्वबाट धेरै कुराहरु ‘गाइड’ हुन सक्छन्। चाहानाले मात्रै पुग्दैन। इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्यो भने धेरै कुरा मिलेर आउने रहेछ।

(डा भगवान कोइरालाले पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबलको सेसन ‘हृदयदेखि हृदयसम्म’बारे गरेको संवादको सम्पादित अंशः) Nepallive

यो पनि पढ्नुहोस्

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

२१ मिनेट अगाडि
एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

२३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक