काठमाठौं । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ ।
नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएका थिए ।
एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप पछि इंग्लिस लिग कपका खेलहरु भने यसअघि नै सुरु भइसकेको छ । प्रिमियर लिगसहित फ्रेन्च लिग र स्पानिस ला लिगा यही डिसेम्बरमै सुरु हुनेछ बाँकी लिग नयाँ वर्ष लागेपछि सुरु हुनेछ ।
फ्रेन्च लिग १ डिसेम्बर २८ तथा ला लिगा डिसेम्बर २९ देखि शुरु हुनेछ । इटालियन सिरी ए जनवरी ४ मा र जर्मन बुन्डेसलिगा जनवरी २० देखि सुरु हुनेछ ।


