काठमाडाैं । भाटभटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन्।
डाइनामिक क्युआरका रूपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा जडान भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिंङ वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
भाटभटेनीमा नपालपे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकस–वान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो। क्यासब्याकको अफर नेपालभरका भाटभटेनीका शाखामा पुस १० देखि माघ १० सम्म उपलब्ध हुनेछ।


