शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुस्तकको व्यापार बढ्न थाल्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पुस्तकको व्यापार बढ्न थाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताए।

भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उनले सुनाए। पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन । तर कोरोना महामारी पछि पाठक थपिएको पिलग्रिम्स बुक हाउसका बिक्री प्रवन्धक गौरव अवस्थीले बताए । ‘अहिले स्थानीय, त्यसमा पनि युवा पाठकको सङ्ख्या कोरोना महामारीपछि थपिएको छ । पर्यटक भने यो वर्ष धेरै आएका छैनन्’, उनले भने ।

पछिल्लो समय अनलाइनबाट पनि पाठकले आफूलाई मन परेको पुस्तक किन्न थालेका छन् । ‘विदेशी पसलमै आउँछन्, केहीले अनलाइनबाट लिन्छन्, स्थानीय पाठक आफैँ आएर हेरेर पुस्तक लैजान्छन्’, उनले भने, ‘जर्मन, फ्रान्स, अमेरिका, भारतलगायत देशका पर्यटक पुस्तक खोज्न आउँछन् ।’ विदेशीको तुलनामा नेपाली पाठकको सङ्ख्या पनि कम छैन । अवस्थीका अनुसार नेपाली पाठकले ‘सेल्फ हेल्प’, व्यवसायसम्बन्धी, बालबालिकासम्बन्धी, साहित्य, नाटक, धार्मिक, सदगुरु, ओशोको पुस्तक धेरै खोज्छन् ।

पर्यटकले विदेशी लेखककै पुस्तक बढी खोज्ने उनको अनुभव छ । नेपाली लेखक बुद्धिसागरद्वारा लिखित अङ्ग्रेजी अनुवाद ‘कर्णाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’, मन्जुश्री थापाको ‘फरगेट काठमाडौं’, सम्राट उपाध्यायको ‘द गुरु अफ लभ’,‘यारेस्टिङ गड इन काठमाडौँ’, ‘द रोयल घोस्ट’लगायतका पुस्तक विदेशी पाठकको रोजाइमा पर्छन् । थापाद्वारा लिखित ‘फरगेट काठमाडौँ’मा २०५८ सालमा नेपालमा भएको राजदरबार हत्याकाण्डदेखि आर्थिक सङ्कटको विषय समेटिएका छन् । जुन नेपाली पुस्तकमध्ये पर्यटकले बढी खोज्ने किताब हो ।

पिलग्रिम्समा ५० देखि १५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । विदेशीले किताबमा छुट नखोज्ने भन्दै नेपालीले नै बढी खोज्ने अवस्थीको भनाइ छ । साथै अन्य किताबमा ‘इकिगाइ’,‘जापनीज वे अफ लिभिङ’, व्यवसाय सफल पार्ने विषय समेटिएको ‘रिच ड्याड पुअर ड्याड’, ‘थिन्क एण्ड ग्लोरिज’, ‘द पावर अफ कन्फ्युज्ड माइन्ड’, विदेशी लेखक जोन भेक्टनद्वारा लिखित ‘हिस्ट्री अफ नेपाल’, काठमाडौँमा ३० वर्ष बसोबास गर्नुभएका थोमसद्वारा लिखित ‘काठमाडौँ’, ‘म्यासाकर रोयल प्यालेस’ लगायतका पुस्तक बढी बिक्छन् ।

विदेशी ग्राहक निश्चित मौसममा आउने भएपनि स्वदेशी ग्राहक बाह्रै महिना आउने ठमेलस्थित नेपाल बुक हाउसका सञ्चालक गणेशजङ्ग कार्कीले बताए । विदेशीले पर्वतीय पदयात्रासम्बन्धी पुस्तक बढी खोज्ने भन्दै उनले स्वदेशी पाठकले साहित्य र विचार समेटिएका पुस्तकमा बढी रुचि राख्ने अनुभव सुनाए । विराटनगर स्थायी घर भएका कार्कीले विशेष गरी नेपालका पर्यटकीय क्षेत्रसम्बन्धी किताब विदेशीले रुचाउने जिकिर गरे । कार्कीको पसलमा दुई सय ५० देखि २५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् ।

नेपाली भाषा सिक्न चाहाने पर्यटक पनि आउने भन्दै उनले पदयात्रामा प्रयोग हुने शब्द भएका किताब खोजिने बताए। पैँतीस वर्षदेखि ठमेल बुक्स सञ्चालन गर्दै आएका अन्जनी अग्रवालले ‘सेकेन्ड ह्याण्ड’ पुस्तकको व्यापार गर्छिन् । अनलाइनमार्फत पुस्तक बिक्री हुन थालेसँगै आफ्नो व्यापार घटेको उनको तर्क थियो । कतिपय विदेशीले त उनको पसलमा किताब बिक्री गर्न ल्याउने अग्रवालले सुनाए ।

पर्यटकले नेपालका धामी झाँक्री, मौरीपालन, इतिहासलगायत पदयात्रामा उपयोगी हुने पुस्तक खोज्ने गरेको उनले सुनाए । पछिल्लो समयमा व्यापार नभएको भन्दै अग्रवालले सटर भाडा तिर्न गाह्रो भइरहेको गुनासो गरे । ठमेलमा अहिले विदेशी पर्यटक आउने मौसम नभएपनि अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसले केही चहलपहल देखिएको ठमेल पर्यटन परिषदका अध्यक्ष भवी शर्माले बताए ।

यो पनि पढ्नुहोस्

एन्फाबारे छानबिन गर्न समिति गठन

एन्फाबारे छानबिन गर्न समिति गठन

१० घण्टा अगाडि
प्रम प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्चबाट कारण देखाउ आदेश

प्रचण्ड र बाबुराम बालसैन्य अभियोजन गर्न नपर्ने ठहर

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक