जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
अज्ञात समूहले चलाएको गोली लागेर जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुष दासको मृत्यु भएको हो।
गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


