शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१९ वर्षअघि चार्ल्स शोभराज अचानक काठमाडौँमा भेटिएपछि…

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कतार एयरवेज चढेपछि बल्ल आयो चार्ल्स शोभराजको तस्बिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ- गणेश केसी त्यो बेला तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौँमा डिएसपी थिए। कुख्यात अपराधी चार्ल्स शोभराज नेपाल आएको भन्नेबारे प्रहरीमा जानकारी थिएन। तर, २०६० भदौ ३१ बिहान दी हिमालयन टाइम्स र अन्नपूर्ण पोष्ट दैनिकले चार्ल्स शोभराज नेपालमा भन्ने समाचार प्रकाशन गरेका थिए। उक्त समाचार बाहिरिएसँगै प्रहरीलाई उनलाई पक्राउ गर्नुपर्ने दबाब बढेको थियो। उक्त पत्रिकामा प्रकाशित भएको समाचार अनुसार शोभराज काठमाडौँकै एक होटलमा बसिरहेको उल्लेख थियो।

अन्तर्राष्ट्रिय अपराधी जो नेपालमा भन्ने समाचार मात्रै हैन, तस्बिरसहित आएपछि प्रहरी सङ्गठनमा हल्ला हुनु नौलो कुरा भएन। ‘एक विदेशी नागरिक जो अपराधी हो, नेपालमा पनि हत्या आरोपमा मुछिएका छन्। उनीचाहिँ नेपालमा छन् भन्ने हामीले थाहा पाएपछि हामी त चुप लागेर बस्ने कुरै भएन,’ केसी भन्छन्, ‘हामीले शोभराज नेपालमा छन् भन्ने थाहा पाउनासाथ तत्कालै उनलाई खोजी गर्ने कार्यमा अघि बढिसकेका थियौ।’

समाचार प्रकाशन भएसँगै कतै उनी फेरि फरार हुने त होइनन् भन्ने पनि प्रहरीलाई उत्तिकै चिन्ता थियो। अपराध महाशाखा र काठमाडौँको टोली बनाएर बिहानैबाट उनको खोजी सुरु भयो। त्यसक्रममा उनी विभिन्न स्थानमा छन् भन्ने अपुष्ट खबर प्रहरीलाई प्राप्त भयो। प्रहरीले पनि शोभराजलाई खोज्ने कुरामा सम्भावित भनिएका स्थान कहीँ बाँकी राखेन। सुरुमा उनी ठमेलतिर देखियो भन्ने सूचनाका आधारमा त्यतातिर पनि गयो टोली। तर, उनी ठमेलमा फेला परेनन्।

प्रहरीले उनलाई काठमाडौँ र नेपाल बाहिर जान नदिन कसरत गरिरहेको थियो। ‘एयरपोर्टतिर बुझ्दा ऊ हवाई मार्गबाट बाहिरिएको छैन भन्ने सूचना प्राप्त भयो। नाकाहरूलाई अलर्ट गराइसकेकाले स्थल मार्गबाट पनि भागिहाल्ने सम्भावना थिएन,’ उनी भन्छन्, ‘त्यत्ति भइसकेपछि उनी काठमाडौँमै छन् भन्ने त पक्का भयो तर कहाँ छन् भन्ने थाहा भएन।’

प्रहरीमा प्रवेश गरेबाटै शोभराजको अपराधको बारेमा सुन्दै आएका केसीलाई उनी क्यासिनो सौखिन रहेको कुरा अवगत थियो। सोही कुरालाई आधार मानेर प्रहरीको टोली काठमाडौँमा सञ्चालित क्यासिनोहरुमा सादा पोसाकमा परिचालित गरियो।

‘उनी क्यासिनोको सौखिन भन्ने सूचना त थियो नै। दी हिमालयनमा प्रकाशित समाचारमा पनि उनी रोयल क्यासिनोमा जाँदाको विवरण थियो। तर उनी त्यही क्यासिनोमा जान्छन् भन्ने पक्का त थिएन। तैपनि कुनै न कुनै क्यासिनोमा पक्कै आउला कि भनेर भएभरका सबै क्यासिनोमा सादा पोसाकका प्रहरी परिचालित गरियो’, केसीले भने।

त्यत्ति बेला काठमाडौँमा ४ वटा क्यासिनोहरु सञ्चालित थिए। क्यासिनोमा सादा पोसाकमा खटिएका प्रहरीलाई शोभराजलाई चिनेर उनी नै हुन् भनेर यकिन गर्न पनि समस्या थियो। किनकि सन् १९७५ मा जतिबेला शोभराज नेपाल आएर दुई विदेशी नागरिको हत्या गरेका थिए, त्यतिबेला उनी आफ्नो पासपोर्टबाट नेपाल आएका थिएनन्। उनी थाइल्याण्डमा एक प्रोफेसर जोडीको हत्या गरी उनको पासपोर्टमा आफ्नो फोटो राखेर नेपाल आएका थिए। सोही कारण प्रहरीलाई शोभराज भन्ने व्यक्ति यिनै हुन् वा होइन् भन्ने यकिन गर्न केही कठिन थियो।

भदौ ३१ गतेबाट उनलाई खोज्न सुरु गरेको प्रहरीले असोज १ गते बेलुका करिब १० बजेतिर रोयल क्यासिनोमा प्रवेश गरेको सूचना पाएलगत्तै सादा पोसाकको प्रहरीले भित्र गएर उही हो हैन भनेर पहिला यकिन गर्‍यो। उनी नै कुख्यात अपराधी हुन् भन्ने यकिन भएपछि उनलाई नियन्त्रणमा लिइयो। उनलाई नियन्त्रणमा लिएर हनुमानढोकामा लगियो।

शोभराजले भने क्यासिनोमै किन पक्राउ गरेको भन्दै निहुँ खोजिरहेका थियो। काम छ भनेर उसलाई बल्ल-बल्ल प्रहरी कार्यालयमा लगिएको उनी बताउँछन्।  उनी भन्छन्, ‘टुरिस्टलाई दुर्व्यवहार गरेको भन्दै ऊ निहुँ खोजिरहेका थियो। त्यो रात जसोतसो उसलाई हिरासतमा राख्यौँ।’

भोलिपल्ट उनीसँग कुरा गर्दा पुरै कन्फिडेन्स देखिन्थ्यो। ‘म पहिलो पटक नेपाल आएको हुँ। तिमीहरूको देश कस्तो ?’ भन्दै प्रहरीसँग झोँक्किइरहेको उनी सुनाउँछन्।

उनले नेपाल आउँदा अब पक्राउ पर्दिन भनेर आएका थिए। डकुमेन्ट्री बनाउन र पस्मिनाको व्यापार गर्न उनी आएको भनेका थिए। तर प्रहरीले भने उनको सो कुरालाई पत्याएको थिएन। उनले विभिन्न लेखकहरुसँग भेट गरेर उनको बारेका किताब लेख्न लगाउने, डकुमेन्ट्री बनाउने र रोयल्टी बापतको रकम लिने गरेका थिए। उनी २०६० सालमा पक्राउ परेको बेला नेपाल आउँदा पनि सोही कामले आएको हुनसक्ने प्रहरीको अनुमान छ।

नेपाल आएर घुमेर फेरि फर्किएर आएँ नि भनेर किताब लेखाउने अनि पैसा कमाउने उद्देश्यले उनी नेपाल आएको बताइन्छ ।  नेपाल आउँदा कानुनबारे उनले सुनेको र बुझेको कुरा गलत पर्‍यो। उनलाई कसैले नेपालमा हत्या नै गरे पनि २० वर्ष कटेपछि कानुनी कारबाही हुन्न भनेर जानकारी दिएका थिए। बैंककमा भएको घटनामा २० वर्ष कटाएरै उसले उन्मुक्ति पाएका थिए। नेपालमा पनि उस्तै हो भनेर उनी नेपाल आएका थिए। तर नेपालमा हत्याको हदम्याद हुन्न। जतिखेर पनि पक्राउ पर्न सक्छन् भन्ने उनले पत्तै पाएनन्।

पक्राउ परेपछि पनि उनी ढुक्कका साथ प्रहरीलाई नै थर्काइरहेका थिए।

‘हामीलाई समस्या नभएको पनि हैन। २४ घन्टाभन्दा बढी कसैलाई बिनाकारण थुन्न सकिँदैनथ्यो। उसको पासपोर्ट सक्कली नै थियो। अनि पुरानो केसको मिसिल फेला परेको थिएन, उनी भन्छन्, ‘बिना प्रमाण कसैलाई पक्राउ गरेर हामीले राखिराख्न पनि मिल्दैन थियो। छोड्नु न समात्नु भएका थियौँ ।’

सुरुमा मिसिल नभेटिएकोले समस्या भएको केसी बताउँछन्। त्यो बेलामा महान्यायाधिवक्ता सुशील पन्त थिए। डिआइजी केशव बराल अनि कुवेर सिंह रानासँग सल्लाह भयो।

‘उसले पटक-पटक ‘म यो भन्दा अगाडि नेपाल आएकै थिइन’ भनेको भन्यै थियो। पासपोर्ट सक्कली नै थियो। तै पनि अध्यागमन कानुनमा टेकेर केही समय होल्ड गर्न सकियो भने त मिसिल खोज्न पाइन्थ्यो भनेर सल्लाह भयो र महान्यायाधिवक्ताको अनुमति आयो,’ उनी भन्छन्, ‘त्यो बेलामा फुमराज पुञ्जाली काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो। उहाँसँग पनि सल्लाह भएपछि अध्यागमन कानुन अनुसार केही समय होल्ड गरेर मिसिल खोज्ने सल्लाह भयो।‘

घटना २०३२ सालतिरको थियो। त्यो बेलाको कागजपत्र फेला पार्न नै सकस थियो। प्रहरीमा अपराधको रेकर्ड राख्ने १० नम्बर डायरी भन्ने हुन्छ सबै मिलेर त्यो खोज्न थालियो। २०३२ सालमा चार्ल्स गुरुमुख भनेर लेखिएको डायरी फेला पर्‍यो। उसको राहदानीमा पनि नाम त्यही थियो। डायरीको रेकर्डले मुद्दा काठमाडौँ जिल्ला अदालत गइसकेको पनि पुष्टि भयो।

तर अझैँ मिसिल खोज्ने काम जारी नै थियो। बबरमहलको पुरानो स्थानमा काठमाडौँ जिल्ला अदालत थियो। त्यहाँ गएर भएभरको मिसिल खोज्दा चार्ल्सको केही फेलै परेन। खोज्ने टिमले पनि हरेस खाइसकेको थियो । त्यतिकैमा अदालतका एक जना पुराना कर्मचारीले पहिला जिल्ला अदालत चारखालमा रहेको र केही फाइल त्यता पनि रहेको बताए। यति सबै गर्दा पाँच-छ दिन बितिसकेको थियो। पछि मिसिल फेला पर्‍यो, प्रहरीलाई प्रमाण भयो। अनि अध्यागमन विभागलाई पत्र लेखेर हत्या अभियोगमा अनुसन्धानका लागि आफ्नै कार्यालयमा झिकाएको केसी बताउँछन्।

त्यो बेलाको मिसिलमा चार्ल्स शोभराज नेपाल आएको पर्याप्त प्रमाण थियो। उनले झोँछेको ओरियन्टल लजमा बसेका अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच र क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या गरेका थिए। मनोहरा खोला किनार र साँगामा फेला परेको शव यी दुवैको भएको प्रमाण थियो।

उनीहरूसँग भियतनामी व्यापारीले भेटेको र ऊ चार्ल्स भएको, काठमाडौँको होटेल सोल्टीमा बसेका उनी प्रहरीले अनुसन्धान सुरु गरेपछि २०३२ पुस १२ गते राति भागेको प्रमाणहरू थियो।

यसले प्रहरीलाई अनुसन्धान अगाडि बढाउन सहयोग मिल्यो। प्रहरीले यसकै आधारमा अनुसन्धान अगाडि बढायो। उनी भन्छन्, ‘सन् २००३ अगाडि पनि उनी नेपाल आएको र सोल्टीमा बसेको प्रमाण लगायतका थप प्रमाणहरू फेला पर्‍यो अनि हामीले पूरक अनुसन्धान प्रतिवेदन बनाएर काठमाडौँ जिल्ला अदालतमा बुझायौँ। उसलाई जन्मकैद भयो।’

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ

३ घण्टा अगाडि
ललिता निवास प्रकरणः आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध रिट निवेदन दर्ता

४ घण्टा अगाडि

उनलाई अदालतले फैसाला नसुनाएसम्म पाटनढोकामा राखिएको थियो। त्यसपछि केन्दीय कारागर सुन्धारामा राखिएको थियो।

पछि केसी जिल्ला प्रहरी परिसर काठमाडौँकै प्रमुख भए त्यसक्रममा पनि उनले २-४ पटक केन्द्रीय कारागार जाँदा चार्ल्ससँग भेटेका थिए।

उनी त्यतिबेलाको कुरा सम्झिँदै भन्छन्, ‘नेपाल भनेको धर्ममा विश्वास गर्ने देश हो। जसले गम्भीर अपराध गरेको हुन्छ, ऊ कुनै न कुनै बेलामा नेपाल फर्कन्छ र सजाय पाउँछ। आफ्नो अपराध नढाँट भनेर मैले भन्ने गरेको थिएँ।’

केसीले आफू प्रहरी हुनुभन्दा अघिबाटै शोभराजको अपराधबारे सुनेका थिए। जतिबेला नेपाल आएर शोभराजले दुई विदेशी नागरिकको हत्या गरे, उनीहरुको शव हेर्न पुगेका थिए केसी। जडीबुटी नजिक मनोहरा खोला किनारमा कुनै युवतीको शव फेला पर्‍यो भन्ने हल्ला फैलिएपछि के भएको रहेछ भनेर हेर्न पुगेको थिए।

तिनै चार्ल्स शोभराज  १९ वर्ष लामो जेल सजाय पूरा गरेर शुक्रबार आफ्नो देश प्रस्थान गरेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार उनलाई थुनामुक्त गर्नुका साथै फ्रान्सतर्फ पठाइएको हो।

उनी १० वर्षका लागि नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएका हुन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक