शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको सुविधा खाेस्याे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको सुविधा खाेस्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ । प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई दिएको हो । नेवानिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।

तर प्राधिकरणले यसअघि ग्राउन्ड ह्यान्डलिङ सेवा निर्देशिका, २०७२ को दफा (४) बमोजिम हप्तामा ३५ भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले आफैँ भूमिस्थ सेवा गर्न पाउने नियमानुसार २०७७ असोज ४ गते हिमालयलाई अनुमति दिएको थियो ।

हिमालयलाई अनुमति दिएपछि त्यसले निगमको मुख्य आम्दानी गुमेको भन्दै यसको आलोचना भएपछि अनुमति स्थगनको अवस्थामा थियो । अनुमति पाएको एक वर्षभित्र ग्राउन्ड ह्यान्डलिङका लागि आवश्यक पर्ने उपकरण खरिद गरी सेवा सुचारु गर्नुपर्ने भए पनि हिमालयले सो कार्य नगरेको भन्दै प्राधिकरणले हिमालयलाई दिएको अनुमति स्थगित गरेर निगमलाई जिम्मेवारी दिएको हो ।

प्राधिकरणका सूचना अघिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी राष्ट्रिय ध्वजावाहकको संरक्षण गर्नु राज्यको दायित्व भएकाले पछिल्लो निर्णय गरिएको हो ।

उनले भने, “प्राधिकरणको पछिल्लो निर्णयले निगमको दैनिक साढे चार लाख रुपियाँभन्दा बढी आम्दानीमा सुधार आउनेछ ।”

हिमालयको ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्म प्राधिकरणको मङ्सिर ४ गतेको निर्णयअनुसार स्थगन भएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवासमेत निगमले नै गर्ने उनको भनाइ छ ।

हिमालयले प्राधिकरणको ऐन नियमअनुसार नै अनुमति पाएको र प्राधिकरणको पछिल्लो निर्णयले कम्पनीले सामान्य कानुनी अधिकारसमेत प्रयोग गर्न नपाएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । उनले भने, “वैदेशिक लगानी ऐनमा स्वदेशी र विदेशी कम्पनीलाई विभेद गर्न नपाइने उल्लेख भए पनि नेपालको ऐन, नियम, उपनियम, विनियम र कार्यविधिअनुसार दिएको निर्णय प्राधिकरणले खोसिदिएको छ । हिमालयले आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफैँ गर्ने तयारीअनुसार खरिद गरिएका उपकरणको नोक्सानी कसले बेहोर्ने ?”

यो पनि पढ्नुहोस्

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

१५ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक