बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

अमेरिका र क्यानडामा हिमआँधीले करौडौँ मानिस प्रभावित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 4 mins read
0
अमेरिका र क्यानडामा हिमआँधीले करौडौँ मानिस प्रभावित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्।

अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्।

मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्।

अर्को हप्तासम्म कायम राख्ने भविष्यवाणी गरिएको खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलेको छ।

कहाँ कस्तो अवस्था छ?

अमेरिकामा चिसो

उक्त व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ।

वायुमण्डलीय चाप घटेपछि अमेरिका-क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ।

क्यानडामा ओन्टेरियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगिरहेका थिए र त्यहाँ हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको थियो।

ब्रिटिस कोलम्बियादेखि न्यू फन्डल्यान्डसम्म देशका अधिकांश भागमा चरम चिसो र हिमआँधीको चेतावनी दिइएको थियो।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले शुक्रवार जारी गरेको मौसमसम्बन्धी नक्सालाई “जाडो मौसमको चेतावनी समेटिएको हालसम्मकै सबैभन्दा व्यापक चित्रण” भएको बताएको छ।

मोन्टानाको एल्क पार्कमा तापक्रम माइनस ४५ डिग्री सेल्सीअसमा झरेको छ भने मिशिगनको हेल सहर जमेको छ।

उक्त सहरमा शुक्रवार राति हिउँले ढाकिएको क्षेत्रमा तापक्रम माइनस १७ डिग्री सेल्सीअस भएको थियो।

स्मिटीको हेल सलुनमा बारटेन्डर रहेकी एमिलीले बीबीसीलाई भनिन्, “यहाँ धेरै चिसो छ, हामी एक खाले नर्कमा छौँ।”

आदिवासी क्षेत्रमा समस्या

क्यानडा

तस्बिर स्रोत,REUTERS

 

साउथ डेकोटामा हिउँ क्षेत्रमा रहेका अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगा बालेर ताप्नुपर्ने अवस्था आएको आदिवासी अधिकारीहरूले बताए।

पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको थियो।

न्यूयोर्कको बफेलोमा कम्तीमा ८९ सेन्टिमिटरसम्म हिउँ खस्ने अपेक्षा गरिएको थियो।

एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन्।

न्यू इङ्गल्यान्ड, न्यूयोर्क र न्यूजर्सीमा तटीय बाढी पनि आएको छ।

यो पनि पढ्नुहोस्

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

२१ मिनेट अगाडि
देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

४८ मिनेट अगाडि

 

प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डका जमेका सडकहरूमा आइस-स्केट गरेका थिए।

हल्का चिसो महसुस हुने दक्षिणी राज्यहरू लुइजियाना, अलाबामा, फ्लोरिडा र जोर्जियामा पनि कडा चिसोका चेतावनीहरू दिइएका थिए।

चिसो आँधीसँग सम्बन्धित मृत्युमा सडक दुर्घटनाहरू समावेश छन्।

उडानहरूबारे जानकारी दिने बेवसाइट फ्लाइटअवेयरका अनुसार शुक्रवार मात्र पाँच हजार ६ सय भन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका थिए।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक