बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

मधेसमा शीतलहरको कहर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मधेसमा शीतलहरको कहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । परालले छाएको सानो छाप्रो। एकातिर दाउरा र अर्कातिर परालको बोझाको बारबेर। चिसो भुइँमा पातलो सुकुल ओछ्याइको। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलका श्यामदेवी सदायको छाप्रोको अवस्था हो यो।

यही ओछ्यानमा कठ्यांग्रिएर उनको साताजनाको परिवार थरथर काँप्दै शीतलहरको सिरेटो काट्दैछन्। चार छोराछोरी र वृद्धा आमालाई छाप्रोभित्र राखेर श्याम दम्पती घरबाहिर खुला आकाशमुनि बस्छन्। जाडो छल्न उनीहरूले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्।

चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर उनीहरू जसोतसो चिसो छल्दैछन्। मुसहरी टोलकी ७० वर्षीया मलभोगिया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा पराल सिरक–डसना बन्छ। पराल बालेरै चिसो छल्नु उनीहरूको बाध्यता बनेको छ। ‘मजदुरी गरेर कमाएको दुई–चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने रु’ सुकुम्बासी बस्तीकी जँगली सदाय भन्छिन्, ‘भगवान्ले जाडोरूपी काल पठाउँछन्, थरथर काँप्दै गरेका हामी गरिबलाई सरकारले देख्दैन।’

चिसो सुरु भएपछि अहिलेसम्म योे बस्तीमा सरकार वा सरकारी संयन्त्र नआएको उनीहरू बताउँछन्। गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थालिए पनि यो विपन्न बस्तीसम्म त्यस्तो कुनै वस्तु आइपुगेन, न त संघसंस्थाले बाँडेका कम्बल नै आइपुगे,’ जँगलीले गुनासो पोखिन्। साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ। नरहा गाउँपालिका–२ पानवारीकी सुकुम्बासी ललितादेवी सदा चिसो भुइँमा निदाउनुपर्ने बाध्यताले दुःखी छिन्। ‘कहिलेकाहीँ त मलाई पनि कठ्यांग्रिएर मरिन्छ कि जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छाड्छन्।’

यसपालिको पुस–माघको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ। दैनिक ज्यालामजदुरीबाट गुजारा गर्ने सो बस्तीमा जाडो महिना कहर बोकेर आउँछ। आर्थिक विपन्नताका कारण उनीहरू बाक्लो कपडा, सिरक–डस्ना केही किन्न सक्दैनन्। दलित समुदायका मानिस बिहानबेलुका घुर तापेर जिउ तताउने गर्छन्। गरिबहरूको बस्तीमा एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनीहरूका लागि जाडोको सहारा नै घुर हो। तीन दिनदेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मधेस प्रदेशका विपन्न बस्तीमा अत्यास बढेको छ। नागरिक दैनिकबाट

यो पनि पढ्नुहोस्

नेपालसित मलेसिया २ विकेटले पराजित

नेपालसित मलेसिया २ विकेटले पराजित

१६ मिनेट अगाडि
ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक