शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
‘यस्तो नियति कसैले भोग्न नपरोस्’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार रुपियाँ कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आउनुभएकी उहाँ एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आउनुभएको हो । उहाँ ५० वर्षदेखि काठमाडौंको विभिन्न स्थानमा  बदाम व्यापार गर्दै आफ्नो जीविकोपार्जन भएको बताउनुहुन्छ ।

तीन वर्षको उमेरदेखि नै राजधानी आउनुभएकी उहाँ हाल भक्तपुरको बाल्कोटमा बस्दै आउनुभएको छ । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उहाँ ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि यस्तै व्यापार गर्दै आएको उहाँले बताउनुहुन्छ । एक छोरा, एक छोरीको आमा हुनुभएको उहाँले २९ वर्ष अगाडि श्रीमान् गुमाउनुपरेको थियो ।

उहाँले भन्नुभयो, “बदाम एकैचोटि भण्डारण गर्न  गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर आफूले ल्याउने र त्यही बेचेर आफ्नो एक्लो जीविकोपार्जन चलाएकी छु ।”

टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आउनुभएकी उहाँले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताउनुहुन्छ । बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आउनुभएको छ । कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि समग्रमा प्रायः दैनिक पाँच सय वरिपरि आम्दानी गर्दै आउनुभएको छ ।

बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको जनाउँदै कोही कोही महानगरपालिकाका कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना सुनाउनुभयो ।

छोराको साथ नपाउनुभएकी उहाँले आफ्नै छोराछोरी हुँदाहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोख्नुभयो । उहाँ जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुः ख आफैँका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत  गरेर आत्मनिर्भर हुनुपर्ने बताउनुहुन्छ ।

त्यस्तै, टुँडिखेलको बाहिर बदाम व्यापार गर्दै आउनुभएकी रसुवा स्थायी ठेगाना भई हाल नरदेवी बस्दै आउनुभएकी सुनिता कार्कीको पनि जीवन कथा र व्यथा उहाँसँग मिल्दोजुल्दो छ । श्रीमान् गुमाएपछि  १२ वर्षसम्म बदाम र अन्य सामानको सानो व्यापार गरेर मासिक १२ हजार आम्दानी गर्दै आउनुभएको छ । सानै उमेरमा छिमेकीले काठमाडौं ल्याएका र यही आफ्नो जीवनयापन बित्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “श्रीमान्को साथ गुमाएपछि जीविकोपार्जन गर्नका लागि बदाम व्यापार रोजेँ । आफ्नो व्यापार गर्नुको पीडा आफैँसँग छ, पहिलेको समयमा व्यापार गर्न सजिलो थियो अहिले महानगरले सानो व्यापार पनि गर्न दिँदैन । खान त एक छाक खाने हो, कोठाभाडा तिर्नका लागि नै यो कष्ट गरेको बताउनुहुन्छ ।”

टुँडिखेलभित्र सफासुग्घर गर्दै २४ वर्षसम्म बदामलगायत अन्य सामानको व्यापार गर्दै आउनुभएकी काभ्रेपञ्लानचोक घर भई हाल लगनचोकमा बसोबास गर्दै आउनुभएको  रमिता तिमिल्सिना (नाम परिवर्तन) आफ्नो दिदीले गाउँमा गरेको व्यापार देखेर आफ्नो विवाहपश्चात् काठमाडौं आएर यो व्यापार सुरु गरेको बताउनुहुन्छ । साथमा दुई छोरा र श्रीमान् भएकामा श्रीमान् पनि काठमाडौंमा सानोतिनो जागिर गर्दै आउनुभएको छ ।

जेठा छोरा स्नातकमा र कान्छा छोरा ११ मा अध्ययनरत रहेको रमिताले बताउनुहुन्छ । छोराहरूको पढाइ खर्च, कोठा भाडालगायत आफ्नो जीविकोपार्जन यही व्यवसायबाट औसतमा चल्ने उहाँ भनाइ छ ।

जाडोयाममा घाम ताप्न खुल्ला ठाउँ उपयुक्त हुनाले मानिसको सङ्ख्या बढी हुने गरेको बदाम  व्यापार  बढी हुने र आम्दानी पनि सोहीअनुसार हुनाले बचत गर्न सकिने बताउँदै अरू याममा भने काँक्रोको व्यापार गर्ने उहाँले बताउनुभयो ।

आफूमात्र होइन आफ्नै छिमेकीमा रहेका अशक्त एक व्यक्तिलाई पनि टुँडिखेलभित्र व्यापार गर्न सिकाउनुभएको छ । गेटको नजिकै निश्चित स्थानमा बस्दै आउनुभएको उहाँले बिक्रीका लागि लिएर आएको पानी, बदामलगायत टुँडिखेलभित्र टाढाटाढासम्म पुर्‍याउन पठाउने र आएको आम्दानी बाँडफाँट गर्ने गरेको बताउनुहुन्छ । उक्त व्यक्ति अशक्त रहेकाले औषधि उपचारका लागि केही सहयोग जुटोस् भन्ने हेतुले व्यापारमा सहजीकरणको साथै व्यक्तिगत जीवनका लागि सहयोगसमेत गर्दै आउनुभएको छ ।

बदाम व्यापार टुँडिखेल क्षेत्रमा मात्रै होइन, गाउँघरदेखि बजारका चोकचोकसम्म उत्तिकै व्यापार हुँदै आएको छ । व्यापार गर्न सहज हुनाले र चिसोयाममा बदामको माग धेरै हुनाले धेरै व्यापारीहरू बदाम व्यापारमा आकर्षित भएका छन् । रासस

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

बन्द उद्योग धमाधम खुलाउँदै सरकार

१४ घण्टा अगाडि
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक