काठमाडौं । आज साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्यमा गिरावट आएकाे छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनकाे मूल्य ताेलामा १ सय रुपाैयाले घटेकाे हाे।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। सोमबार पनि अघिल्लो दिनको जस्तै छापावाल सुन प्रतितोला १ लाख ५०० र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।