अनामिका प्रदिप अभिनित रोशन गुरुङको ‘पछयौरी तिम्रो’ सार्वजनिक काठमाडौं, पुष ४ चर्चित गायक रोशन गुरुङको नयाँ गीत ‘पछयौरी तिम्रो’ सार्वजनिक भएको छ ।
दिपेन गुरुङको शब्द गणेश गुरुङको संगीत तथा रिकेश गुरुङको एरेन्ज मिक्सिङ मास्टरिङ्मा तयार पारीएको सो गीतको म्युजिक भिडियोको निर्देशन बाबु जिम्बाले गरेका हुन । भिडियोमा प्रदिप राज गिरी र अनामिका कार्की फिचर्ड गरिएको छ भने सिनेमाटोग्राफी हरी चले लामा, ड्रोन बाबु जिम्बा, सम्पादन अशिष जिम्बा, कलर राजेश कुमार, मेकअप उर्मिला लामाको रहेको छ ।
पहिलेको भिडियो झै यस् भिडियोलाई पनि दर्शक श्रोताले मनपराउने तथा माया गरिदिने कुरामा गायक रोशन गुरुङ ढुक्क रहेका छन ।


