सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

के युरोपको दवदवा अन्त्य गर्लान् मेसीले?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पहिलो हाफमा अर्जेन्टिनालाई दुई गोलको अग्रता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

फिफा विश्वकप फुटबल विश्वको सर्वाधिक लोकप्रिय खेलकुद प्रतियाेगिता हो। यो प्रतियोगितामा सबै महादेशका टिमहरूले सहभागिता जनाउँछन्। तर, जब उपाधि जित्ने टिमको नाम आउँछ तब युरोप र ल्याटिन अमेरिकाको दवदवा रहकाे पाइन्छ।

अहिलेसम्म भएका कुल २१ विश्वकप यिनै दुई महादेशको वरपर मात्रै घुमेको छ। त्यसमा पनि पछिल्ला केही संस्करणमा युरोपको एकपक्षीय दवाव रहँदै आएको छ।

पछिल्ला लगातार ५ उपाधि युरोपियन टिमले जितेका छन्। यो पटक पनि फाइनलमा एक युरोपियन टिम र एक ल्याटिन अमेरिकन टिमले स्थान बनाएका छन्।

एकातिर साविक च्याम्पियन फ्रान्स र अर्कोतर्फ अर्जेन्टिना प्रतिस्पर्धा गर्न लागेका छन्। यी दुईबीचको फाइनल आइतबार राति ८:४५ मा हुँदैछ। अब प्रश्न स्वाभाविक रूपमा पछिल्लो समय उपाधिमा युरोपले बनाएको दवदवालाई तोड्न लियोनेल मेसीको जादु चल्ला? या फेरि पनि युरोपले नै आफ्नो दवदवा बनाउला?

युरोपसँग ३ उपाधि बढी

कतार विश्वकपअघि २१ पटक प्रतियोगिताको आयोजना भइसकेको छ। १२ पटक युरोपियन टिम च्याम्पियन बन्दा ९ पटक दक्षिण अमेरिकी टिम च्याम्पियन बनेका छन्।

युरोपका लागि पाँच टिमसँग १२ विश्वकप उपाधि रहँदा दक्षिण अमेरिकाका ३ देश सँग ९ ट्रफी रहेको छ। युरोपका लागि जर्मनी र इटालीले सर्वाधिक ४-४ पटक विश्वकपको उपाधि हात पार्दा फ्रान्सको नाममा २ र इंग्ल्यान्ड र स्पेनका नाममा समान १-१ उपाधि रहेका छन्।

दक्षिण अमेरिकामा मात्र होइन, समग्रमा भने ब्राजिल सर्वाधिक उपाधिसहित शीर्ष स्थानमा रहेको छ। ब्राजिलले सर्वाधिक ५ विश्वकप ट्रफी आफूसँग राख्दा अर्जेन्टिना र उरुग्वेले २-२ पटक विश्वकप ट्रफी आफ्नो हातमा पारेका छन्।

नयाँ च्याम्पियन पाउनै मुस्किल

फिफा विश्वकप इतिहासमा बलिया राष्ट्रको दवदवा सधैँ रहन्छ। स्पेनले २०१० मा नयाँ च्याम्पियनका रूपमा आफ्नो नाम राखेयताका १२ वर्षमा विश्वले अर्को नयाँ च्याम्पियन पाउन सकेको छैन। तर फाइनल यात्रामा पुगेर उपाधिविहीन बन्न भने अघिल्लो संस्करण महत्त्वपूर्ण भएको थियो।

क्रोएसियाले विश्वकपको फाइनलमा स्थान बनाउँदै नयाँ कीर्तिमान बनाए पनि उपाधि जित्न भने असफल रह्यो। यो पटक पनि सेमिफाइनलमा मोरक्को र क्रोएसियाले स्थान बनाए पनि त्यसभन्दा अघिको यात्रा तय गर्न असफल रहे।

२० वर्षदेखि उपाधिविहीन दक्षिण अमेरिका

दक्षिण अमेरिकन टिमले विश्वकपमा आफ्नो रवाफ सधैँ देखाउने गर्छन्। युरोपलाई कसैले टक्कर दिने मान्निन्छ भने त्यो दक्षिण अमेरिका नै हुन्छ। तर २००२ यता दक्षिण अमेरिकी टोलीले उपाधि जित्न सकेको छैन।

ब्राजिलले २० वर्षअघि जर्मनीलाई २-० ले हराएर उपाधि जितेको थियो। ब्राजिलले तत्कालीन समयमा पाँचौँ विश्वकप जित्दै युरोपको भन्दा बढी ट्रफी दक्षिण अमेरिका पुर्‍याउन सफल भएको थियो। तत्काकालीन समयसम्म युरोपसँग ८ ट्रफी थियो। तर त्यसयताका ४ संस्करणमा लगातार युरोपियन टिमको दवदवा रह्यो।

करिअरको आखिरी क्षणका मेसीलाई उम्दा एम्बाप्पेको चुनौती

विश्वकपमा फ्रान्सविरुद्ध अर्जेन्टिना मैदानमा उत्रिँदै गर्दा धेरैले यो खेललाई एम्बाप्पे विरुद्ध मेसीको भिडन्तका रूपमा लिएका छन्। करिअरको आखिरी समय बिताइरहेका लिजेन्ड मेसी र आफ्नो करिअरको सर्वाधिक उम्दा समयमा रहेका केलिएन एम्बाप्पेको खेलले नै विश्वकपको उपाधिको छिनोफानो हुनेछ।

जारी विश्वकपमा दुवै उत्कृष्ट फर्ममा रहेकाले पनि संसारभर यो खेल बहुप्रतिक्षित मानिएको छ। दुवै खेलाडीले यो प्रतियोगितामा समान ५ गोल गरेका छन्। असिस्टका हिसावले मेसीले ३ असिस्ट गर्दा एम्बाप्पेको नाममा २ असिस्ट रहेको छ।

विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीच ३ खेल भएका छन्। जसमा पछिल्लो पटक २०१८ को अन्तिम १६ को भिडन्तमा अर्जेन्टिना ४-३ गोल अन्तरले पराजित भएको थियो। पछि फ्रान्सले नै विश्वकप जित्यो।

अहिले अर्जेन्टिना बदला लिँदै विश्व च्याम्पियनको ताज आफ्नो नाममा पार्न चाहन्छ। समग्रमा विश्वकपमा तीन भेटमा २ मा अर्जेन्टिना र १ मा फ्रान्सले बाजी मारेको छ।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक