शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत हेटौंडा अहिले फोहोर व्यवस्थापनमा जटिल बन्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत हेटौंडा अहिले फोहोर व्यवस्थापनमा जटिल बन्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा देशकै सफा शहरको रुपमा परिचित शहर हो । हेटौंडा पटक-पटक सफा शहरको रुपमा पुरस्कृत भएको छ ।

२०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएर ५ लाख रुपैयाँ पुरस्कार पाएको हेटौंडामा फोहोर व्यवस्थापन भने निकै जटिल बन्दै गएको छ । घर, शहर र उद्योग कल कारखानाबाट निस्किएका फोहर व्यवस्थापन उचित रुपमा हुन नसक्दा केही वर्षमै फोहर व्यवस्थापनको चुनौती विकराल बन्ने निश्चित छ । हाल हेटौंडा १० स्थित राप्ती खोलाको किनारको सिसौघारीमा डम्पिङ साइड बनाइएको छ । तर निकै अव्यवस्थित गरी जताततै फोहर फालिने गरिएको छ । वर्गीकरण नगरिएका फोहोर जताततै फालिंदा वरिपरी दुर्गन्ध त फैलिएको छ नै प्लास्टिकजन्य फोहरले वातावरणमा नराम्रो असर गरिरहेको छ । हेटौंडाको फोहर व्यवस्थापन गरिँदै आएको डम्पिङ साइड भरिंदो अवस्थामा छ ।

हाल संकलन गर्दै आइएको फोहोर दिनहुँ एस्काभेटर लगाएर हेटौंडा उपमहानगरपालिकाले पुर्ने काम गर्छ तर यसको विकल्प भने खोजिएको छैन । डम्पिङ साइडको नजिकै बसोबास गर्दै आएका स्थानीयहरु फोहरको गन्धको कारण आजित छन् । उपमहानगरपालिकाले गन्ध फैलन नदिनसमेत कुनै चासो दिएको देखिंदैन । हालको हेटौंडा उपमहानगरपालिकाको फोहरको परिमाण केही वर्षयता दोब्बर भएको छ । अर्कोतर्फ सफाई कर्मचारीसमेत निकै कम हुँदा हेटौंडा बजारमैसमेत फोहर संकलनमा चुनौती शुरु भएको छ । संकलन भएको फोहर व्यवस्थापनमासमेत थप समस्या देखिए पनि यसको दीर्घकालीन समाधानतर्फ उपमहानगरपालिकाको त्यति ध्यान गएको छैन । हेटौंडा १० को झण्डै २० बिगाहा जग्गामा अहिले जथाभावी रुपमा फोहर थुपार्ने गरिएको छ ।

प्लास्टिक जन्य फोहरको पाहाड नै बनिसकेको छ तर यसतर्फ सम्बन्धित निकायको चासो छैन भने अर्कोतर्फ फोहरको वर्गीकरण गरी व्यवस्थापन गर्ने गरी ७ वर्षअघि बनाइएको योजना योजनामै थन्किएको छ । हेटौंडा उपमहानगरपालिकामै एउटा यस्तो उद्योग छ जसले फोहरलाई व्यवस्थित रुपमा नष्ट गरी बिजुली उत्पादन गर्ने मेशिन बनाएर जापान निर्यात गर्ने गर्छ । फोहरको दीर्घकालीन व्यवस्थापनमा अब पनि हेटौंडाले नसोच्ने हो भने अबको केही वर्षभित्रै देशको राजधानी काठमाडौंमा जस्तै प्रदेश राजधानी हेटौंडामा पनि फोहर व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ ।

यो पनि पढ्नुहोस्

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने

५३ मिनेट अगाडि
चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक