बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा मोरोक्कोलाई २–१ को जितसहित क्रोएसिया तेस्रो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा मोरोक्कोलाई २–१ को जितसहित क्रोएसिया तेस्रो

DOHA, QATAR - DECEMBER 17: Mario Pasalic of Croatia battles for possession with Hakim Ziyech of Morocco during the FIFA World Cup Qatar 2022 3rd Place match between Croatia and Morocco at Khalifa International Stadium on December 17, 2022 in Doha, Qatar. (Photo by Clive Brunskill/Getty Images)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोरोक्कोलाई शनिबार २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ । कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ओभ्रो माजेरको क्रसलाई इभान पेरिसिचले बक्सभित्र जिभार्डियलका लागि मिलाइदिएका थिए । जसमा जिभार्डियलले उत्कृष्ट हेडर गोल गरे । तर, क्रोएसियाको यो अग्रता धेरैबेर टिक्न पाएन ।

यसको अर्को मिनेटमा नै अक्रफ दारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा फर्काएका थिए । बक्सबाहिरबाट आएको फ्रिकिक बल क्रोएसिका ओभ्रो माजेरले क्लियर गर्न नसक्दा दारीले हेडर गोल गरेका थिए ।

तर, पहिलो हाफमा लागि तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: क्रोएसियालाई अग्रता दिलाएका थिए । र, ओर्सिचको गोल नै निर्णायक बनेपछि क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थान हासिल गर्‍यो । Global bank विश्वकपको इतिहास क्रोएसियाले दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो । यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागितासमेत थियो । क्रोएसियाले विश्वकपको पछिल्लो संस्करणमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएपछि क्रोएसियाले उपविजेतामा चित्त बुझाएको थियो । यता, मोरवक्को भने अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल खेल्ने पहिलो टिम हो । सेमिफाइनल खेलमा मोरवक्को फ्रान्ससँग २-० ले र क्रोएसिया अर्जेन्टिनासँग ३-० पराजित भएका थिए । विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

२१ मिनेट अगाडि
भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समितिले काम गर्नेमा विश्वस्त

भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समितिले काम गर्नेमा विश्वस्त

२३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक