शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कतार विश्वकपकाे उपाधी अर्जेन्टिना र फ्रान्स मध्ये कस्ले बाजी मार्ला ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कतार विश्वकपकाे उपाधी अर्जेन्टिना र फ्रान्स मध्ये कस्ले बाजी मार्ला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच आज प्रतिस्पर्धा छ ।बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो । माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।

समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् । यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।समूह‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजमा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग १–० को हार बेहोरेको थियो ।

यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको नतिजमा पराजित भएको थियो ।

समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्ड क्वार्टरफाइनलमा इङल्यान्डलाई र सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्यो ।

यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो ।अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

५ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक