बैंकले सात वर्षका लागि ऋण उठाउन सुरु गरेको छ । बैंकले बिहीबारबाट जारी गरेको ऋणपत्र पुस ४ गतेसम्मको समय दिइएको छ । बैंकको ऋणपत्र खरिद गर्न चाहनेले कम्तीमा २५ कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । अंकित मूल्य १००० रुपैयाँ छ ।
बैंकले जारी गर्ने ऋणपत्रमध्ये ३ अर्ब रुपैयाँको प्राइभेट प्लेसमेन्टमा र बाँकी २ अर्ब सर्वसाधारणलाई बिक्री गर्नेछ ।


