काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्।
तरुणदलका पूर्व महामन्त्री चित्रकारको हिजो निधन भएको थियो। देउवाले उनको पार्थिव शरिरमा कांक्रेसको झण्डा ओढाएर सम्मान गरे।
बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए। पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।
विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमार्डौं महानगरको प्रधानपञ्च बनेका थिए।
चित्रकार काठमाडौंका प्रधानपञ्च भएपछि भने पदसहितका राजनीतिमा सक्रिय थिएनन्।