आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने : मोरक्कोका प्रशिक्षक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने : मोरक्कोका प्रशिक्षक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । बुधबार हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ । फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश सेमिफाइनलमा पुगेको हो ।

‘हामी थुप्रै विश्वस्तरीय खेलाडी र एक निकै उत्कृष्ट प्रशिक्षकका साथ विश्व च्याम्पियनसँग खेल्न गइरहेका छौं,’ मोरक्कन राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका रेग्रागुईले पत्रकार सम्मेलनमा भने, ‘हामी उत्कृष्ट फुटबल खेल्नेछौं र उनीहरुलाई कमजोर बनाउने प्रयास गर्नेछौं ।

हामी विश्वकप फाइनलमा किन नपुग्ने ? हामी सपना देख्न सक्छौं । सपना देख्नका लागि कुनै खर्च लाग्दैन ।’ क्लब करिअरमा फ्रान्सेली टोली टोउलोसबाट खेलेका रेग्रागुईका अनुसार उनको टिम विश्वकपको उपाधि दावेदार नहुनाका बाबजुद अझै ठूलो सफलताका लागि भोको छ । ‘

यो नै पर्याप्त हो भन्ने मलाई लाग्दैन । मलाई थाहा छ, हामी प्रतियोगिताको दावेदार टिम होइनौं तर, हामी आत्मविश्वासी छौं,’ उनले थपे, ‘अरव देश र अफ्रिकी देशका लागि हामी भिड्न जाादैछौं ।’ मोरक्कोले विश्वकप सेमिफाइनलसम्मको मार्गमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता महाशक्ति देशहरुलाई पराजित गरेको छ । पाँच खेलमा उसले एक गोलमात्र खाएको छ । त्यो पनि आत्मघाती गोलमार्फत ।

कतारमा आफ्नो आश्चर्यजनक सफलताअघि यो टिम सन् १९८६ मा केवल एकपल्ट विश्वकपको नकआउट चरणमा पुगेको थियो । त्यतिबेला अन्तिम १६ को खेलमा पोर्चुगलसँग पराजित थियो । ४७ वर्षीय प्रशिक्षकले बुधबार हुने खेलका लागि टिम भावनाका साथसाथ सामरिक र मानसिक रुपमा तयार हुनु महत्वपूर्ण हुने बताए । ‘हरेक खेलमा सबैले आफ्नो उच्च प्रदर्शन दिन चाहन्छन् ।

हामी एक एकतावद्ध भावनाका साथ सामुहिक खेल खेल्नेछौं,’ प्रशिक्षक रेग्रागुई भन्छन्, ‘मेरो विचारमा यो खेलभन्दा महत्वपूर्ण पक्ष हो ।’ उनले आफ्नो टिमको समर्थकको भूमिका पनि फ्रान्सजस्तो टिमविरुद्ध खेल्दा महत्वपूर्ण हुने बताए । ‘हामीसँग संसारकै सबैभन्दा शानदार समर्थक छन् ।

सायद ब्राजिल र अर्जेन्टिनाका समर्थकहरु पनि छन् । उनीहरु आफ्नो देशको समर्थनका लागि संसारभरबाट आएका छन् र हामीलाई मन पराएका छन्,’ प्रशिक्षकले भने । डिफेण्डर रोमन सिसेसहित मोरक्कोका केही खेलाडी चोटग्रस्त छन् र फ्रान्ससँगको निर्णायक खेलमा उनीहरुलाई कठिन हुनसक्छ । यो खेल बुधबार राती पौने १ बजे दोहाको अल बेयट रंगशालामा हुनेछ ।

यो पनि पढ्नुहोस्

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

१ घण्टा अगाडि
टोरन्टो नेपाल भाषा ग्रीष्मकालीन विद्यालय कार्यक्रम सुरु

टोरन्टो नेपाल भाषा ग्रीष्मकालीन विद्यालय कार्यक्रम सुरु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक