शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्रोएसियाविरुद्ध अर्जेन्टिनाको यस्तो छ चुनौती

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्रोएसियाविरुद्ध अर्जेन्टिनाको यस्तो छ  चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। क्रोएसियाले आज दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दै छ। दक्षिण अमेरिकाकै बलियो टिम ब्राजिललाई हराएको क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो।

त्यसै रात अर्जेन्टिनाले पनि पेनाल्टी सुटआउटमै नेदरल्यान्ड्सलाई हराएपछि यी दुई टोलीको लगातार दोस्रोपटक विश्वकपमा भेट भएको हो। यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना र क्रोएसिया एउटै समूहमा थिए। समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनाविरुद्ध ३–० को जित दर्ता गरेको थियो।

क्रोएसियासँगको हारपछि समूह उपविजेता बनेको अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले हार्दै घर फर्कियो। क्रोएसिया पनि फाइनलमा फ्रान्ससँगै ४–२ ले हारेको थियो।

मंगलबार राति पौने १ बजे लुसैल स्टेडियममा उत्रिँदा क्रोएसिया अर्जेन्टिनाविरुद्ध ४ वर्षअघिकै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ। तर त्यो हारपछि टोलीमा व्यापक परिवर्तन गरेको अर्जेन्टिना अघिल्लो विश्वकपको बदला लिँदै ८ वर्षपछि उपाधि कब्जा गर्न चाहन्छ।

अर्जेन्टिना

अर्जेन्टिना यसअघि १२ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्व विजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ। मेस्सीको कप्तानीमा विश्वकप जित्ने अन्तिम लक्ष्यमा रहेको अर्जेन्टिनाको मुख्य शक्ति टिम एकता पनि हो।

अर्जेन्टिनाको टिममा धेरैजसो युवा खेलाडी छन्। गएको विश्वकपमा नराम्रो पराजयपछि उसले व्यापक परिवर्तन गरेको छ। र, परिवर्तित टिमले सुधारिएको नतिजा पनि दिएको छ। पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।

क्वार्टरफाइनलमा पनि नेदरल्यान्ड्सविरुद्ध २–० को अग्रता बनाइसकेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल बराबरीमा पुग्यो र जितका लागि पेनाल्टीको सहारा लिनुपर्‍यो।

त्यसअघि भने अर्जेन्टिनाले हरेक टोलीलाई २ गोल हानेको छ। समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई पनि सोही अन्तरमा हराएको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराएको थियो।

अर्जेन्टिनाको टिममा अग्रपंक्तिमा लियोनल मेस्सी र एन्जल डिमारिया मात्रै अनुभवी खेलाडी हुन्। चोटका कारण एक खेल गुमाएका डिमारिया पनि क्वार्टरफाइनलबाट मैदान फर्किएका छन्। यसअघिको विश्वकपमा पनि उनी टोलीमा थिए। तर क्रोएसियाविरुद्धको खेलमा उनले मौका पाएनन्।

यस्तै अर्जेन्टिनासँग अहिले भएका युवा खेलाडीले पनि राम्रो प्रभाव देखाइसकेका छन्। म्यानचेस्टर सिटीका युवा फरवार्ड जुलियन अल्भारेजले स्कालोनीको मन जितेका छन्।

बेन्चमा पनि अर्जेन्टिनासँग लौटारो मार्टिनेज, पाउलो डिबाला, एन्जल कोरेयाजस्ता स्ट्राइकर उपलब्ध छन्। तर स्कोलोनीले मार्टिनेज बाहेकलाई मौका दिएका छैनन्। मौका पाएका मार्टिनेजले पनि आफूलाई प्रमाणित गर्न भने सकेका छैनन्। तर मिडफिल्डको नयाँ सेटले पनि अर्जेन्टिनाका लागि स्कोर गरिरहेको छ।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।

त्यसलगतै फेरि फाइनलमा पुगे पनि साविक उपविजेता जर्मनीसँग हारेको थियो। त्यसपछि २०१४ मा विश्वकपमा स्थान बनायो तर पूरानै टोली जर्मनीले उपाधि यात्रामा धक्का दिएको थियो। १९९० पछि अर्जेन्टिना दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। यसबाहेक उसको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।

क्रोएसियाविरुद्धको खेलमा अर्जेन्टिनाको कमजोर पक्ष भनेको अग्रता लिए पनि जोगाउन नसक्ने सम्भावना बढी रहन्छ। रक्षात्मक क्रोएसिया प्रतिआक्रमणमा बलियो प्रमाणित भइसकेको छ। जापान र ब्राजिलले अग्रता लिए पनि जोगाउन सकेका थिएनन्।

यसअघिका खेलबाट अर्जेन्टिनाको पनि यो पक्ष कमजोर रहेको प्रमाणित भइसकेको छ। कमजोर मानिएको साउदी अरेबियाविरुद्ध पनि अर्जेन्टिनाले पहिल्यै गोल गरेको थियो। तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै साउदी विजयी भयो। अन्तिम १६ मा पनि अस्ट्रेलियाविरुद्ध २–० को अग्रता जोगाउन अर्जेन्टिनालाई हम्मेहम्मे परेको थियो। खेलको ७७औं मिनेटमा एक गोल फर्काएको अस्ट्रलियाले अन्तिमसम्म अर्जेन्टिनालाई दबाबमा राखेको थियो।

क्वार्टरफाइनलमा पनि अर्जेन्टिनाको यही पक्ष कमजोर देखियो। नेदरल्यान्ड्सविरुद्ध २–० को अग्रता लिएपछि खेल एक पक्षीय भयो। ७३औं मिनेटमा २–० को अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम २० मिनेट त्यो अग्रता जोगाउन सकेन।

लगातार आक्रमण गरेको नेदरल्यान्ड्सले ८३औं र अतिरिक्त समयको ११औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो। तर त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्। गोल रक्षक इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाउँदा अर्जेन्टिनाले खेल जित्यो।

क्रोएसिया

रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिचले कप्तानी गरेको क्रोएसियन टोली गएको विश्वकपबाट एकाएक शक्तिशालि रुपमा उदाएको हो। क्रोएसिया जम्मा छैटौंपटक विश्वकप खेलिरहेको छ। १९९८ मा पहिलोपटक सहभागी हुँदा नै सेमिफाइनलमा पुगे पनि त्यसपछि समूह चरणबाट माथि जान सकेको थिएन।

तर गएको विश्वकपमा अनपेक्षित नतिजा निकाल्दै पहिलोपटक फाइनलको यात्रा तय गरेको थियो। यो विश्वकप सुरु हुनु अघिसम्म पनि क्रोएसियाको अहिलेको नतिजा आकलनमा थिएन।

क्रोएसियन टोली रक्षात्मक खेल शैलीमा प्रख्यात् छ। गएको विश्वकपमा पनि रक्षात्मक खेल र पेनाल्टी सुटआउटमा जित हासिल गर्दै उसले बलिया विपक्षीलाई निराश बनाएको थियो। यसपटक पनि क्रोएसियाले त्यही शैली अपनाएको छ। जुन शैलीमा क्रोएसियाले अन्तिम १६ र क्वर्टरफाइनलमा सफलता हात पारेको छ।

अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा हराएको क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटबाटै जित्यो। समूह चरणको दोस्रो खेलमा क्यानडाविरुद्ध ४–१ को नतिजा निकाल्नुबाहेक उसले दुवै खेल गोलरहित खेलेको थियो। समूहको पहिलो खेलमा मोरक्को र अन्तिम खेलमा बेल्जियमसँग गोलरहित खेलेको क्रोएसिया समूह उपविजेताका रुपमा नकआउटमा पुगेको हो।

क्रोएसिया प्रतिआक्रमणमा प्रख्यात् छ। समूह चरण पार गरेपछि यो प्रमाणित गरेको छ कि सुरुमा पछि परे पनि खेलमा फर्किन सक्छ। जापानविरुद्ध अन्तिम १६ को खेलमा क्रोएसिया पहिलो हाफमा १–० ले पछि परेको थियो।

खेलको ४४औं मिनेटमा डाइजन मइदाले जापानलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुमै क्रोएसियाले गोल फर्कायो। ५५औं मिनेटमा इभान पेरिसिसले गोल गर्दै बराबरी गरे। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र पेनाल्टीमा क्रोएसिया विजयी भयो।

क्वार्टर फाइनलमा पनि यही अवस्था दोहोरियो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित खेले। खेलभरि नै रक्षात्मक बनेको क्रोएसियाले ब्राजिलका २० आक्रमण विफल पार्‍यो। ब्राजिलको पोस्टमा जम्मा एकपटक मात्रै क्रोएसियाले आक्रमण गर्न सक्यो।

११ पटक क्रोएसियाको पोस्टमा प्रहार गर्दा पनि ब्राजिलले गोलका लागि १०६औं मिनेटसम्म कुर्नुपर्‍यो। तर खेलमा पछि परेपछि क्रोएसियाले प्रतिआक्रमण बढायो। जम्मा एकपटक आक्रमण गरेको उसले ११७औं मिनेटमा ब्राजिलविरुद्ध गोल फर्काएको थियो। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेलको निर्णय क्रोएसियाले चाहेजस्तै पेनाल्टी सुटआउटबाट भयो।

पेनाल्टी सुटआउटमा ब्राजिलका दुई प्रहार विफल हुँदा क्रोएसियाले चारै पेनाल्टी गोलमा परिणत गर्‍यो र सर्वाधिक विजेताको यात्रा ४ वर्षका लागि टुंग्याइदियो। अर्जेन्टिनाविरुद्ध पनि उसले यही रणनीतिमा खेल्ने छ।

हेड टु हेड

विश्वकप फुटबलमा यी दुई टोली तेस्रोपटक भिड्न लागेका हुन्। पहिलोपटक १९९८ मा भेट भएका थिए, जतिबेला अर्जेन्टिना १–० ले विजयी भएको थियो।

तर दोस्रो भेटमा क्रोएसिया हावी भयो। गएको विश्वकपमा अर्जेन्टिनालाई क्रोएसियाले ३–० ले हराएको थियो। ती दुवै खेल समूह चरणका थिए। नकआउटमा भने पहिलोपटक भेट हुन लागेका हुन्।

यसबाहेक यी दुई टोलीले तीन वटा मैत्रीपुर्ण खेल पनि खेलेका छन्। मैत्रीपूर्ण खेलमा पनि एक एक जित र एक खेल बराबरीमा टुंगिएको थियो। पहिलोपटक १९९४ मा गोलरहित बराबरी भएको थियो। २००६ मा क्रोएसिया ३–२ ले विजयी भयो भने २०१४ मा अर्जेन्टिनाले २–१ ले जितेको थियो।

आजको खेलमा विजयी टोलीले बुधबार हुने साविक विजेता फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ। पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।-नेपालखबरबाट

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

६ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक