मङ्ल, बैशाख २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

सुन्दा अचम्म लाग्ला कमिलाले पनि दुध खुवाउँछ !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 2 mins read
0
सुन्दा अचम्म लाग्ला कमिलाले पनि दुध खुवाउँछ !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । बच्चा चाहे मानिसका हुन् वा जनावरका, स्वस्थ रहन र बढ्नका लागि दूध निकै आवश्यक मानिन्छ । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् । र बच्चा मात्रै होइन, कमिलाको पूरा कोलोनीले यो ‘दूध’ को आनन्द लिन्छ ।

यो कमिलालाई निकै मनपर्ने पेय पदार्थ पनि हो । खासमा यो पोषक तत्वले भरिएको एक प्रकारको ‘दुध’ हो जुन युवा कमिलाबाट निस्कन्छ । नयाँ बच्चादेखि वयस्कसम्म पूरा कोलोनीले यो दूध पिउँछ । अनुसन्धाताले यो दुधलाई ‘सोसल फ्लुड’ नाम दिएको छ । यो प्रक्रियालाई तल भिडियोमा हेर्न सकिन्छ ।

कमिलाको प्युपा आफ्नो विकाशको एक विशेष चरणका बेला अत्यधिक मात्रामा यो तरल पदार्थको श्राव गर्छन् । यो तरल पदार्थको एउटा ककटेल हो जसमा प्युपाको पुरानो झिल्लीको सानो टुक्राका साथै यसलाई तोड्ने एन्जाइम पनि समावेश हुन्छ । कमिलालाई यो निकै स्वादिष्ट लाग्छ ।

रकफेलर युनिभर्सिटीका जीवविज्ञानी डेनियल क्रोनयरका अनुसार ह्याचिङपछि सुरुवाती दिनमा लार्भा यी तरल पदार्थमा ठिक त्यसै गरी निर्भर रहन्छन् जसरी एक नवजात शिशु दूधमा निर्भर हुन्छन् । वयस्क पनि यसलाई धेरै नै पिउँछन् । यद्यपि, यसले वयस्कका लागि कस्तो प्रभाव पार्छ भन्ने थाहा त छैन तर हामीलाई लाग्छ कि यो उनीहरुको मेटाबोलिजम र फिजियोलोजीलाई प्रभावित गर्छन् ।’

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार रकफेलर युनिभर्सिटीकी एथोलोजिस्ट ओरली स्निर र उनका सहयोगीले सामाजिक अलगावले कमिलामाथि कस्ता असर पार्छ भनेर अनुसन्धान गरिरहेका बेला कमिलाको यो पेयबारे थाहा भएको हो । अनुसन्धानकर्ताले कमिलाको कोलोनीबाट प्युपालाई अलग्याइदिए र कमिलाका केही बच्चाका लागि तरल पदार्थलाई हातैले अलग पारिदिए तर अरुलाई एक्लै छोडिदिए ।

उनीहरुको नतिजा अचम्मित पार्ने खालका थिए । अनुसन्धानकर्ताले आफ्नो शोधमा के पाए भने छुट्टै राखिएका प्युपाबाट तरल पदार्थलाई हटाइएन भने उनीहरु आफ्नै श्रावमा डुब्नेछन् । अर्को बाकसमा राखिएका प्युपा सुरक्षित वातावरणमा हुँदा हुँदै पनि त्यसमा फंगल संक्रमण भयो र उनीहरु मरे । तर जुन कमिला ‘दूध’ निस्कने बित्तिकै कोलोनीमा फिर्ता भए, उनीहरु जीवित हुने दर बढी थियो ।  स्निरका अनुसार कोलोनीको सन्दर्भमा स्रावलाई हटाउनका लागि प्युपा वयस्कमाथि निर्भर हुन्छ नभए यिनीहरु मर्छन् ।

कमिला आफ्नो विकासको सबैभन्दा डोरमेन्ट चरणका बेला ‘दूध’ को उत्पादन गर्ने गर्छ । यो त्यो चरण हो जब यिनीहरु लार्भाबाट वयस्कमा परिवर्तन भइरहेको हुन्छ । अनुसन्धानकर्ताका अनुसार नयाँ बच्चाले पनि यो दूध खाएका थिए भन्नेबारे थाहा पाउन ब्लू फूड डाईको प्रयोग गरिएको थियो । यिनीहरुका वयस्क केयरटेकर ठूलो सावधानीले उनीहरुलाई उठाउँछन् र दूध खानका लागि उनीहरु ठूलो प्युपामा छोडिदिने  गर्छन् । यदि नवजात लार्भाले जीवनको सुरुवाती दिनमा यो दूध खान पाउँदैन भने यिनीहरु मर्ने सम्भावना बढी रहन्छ ।

शोधकर्ताको समूहका अनुसार प्युपाको दूधमा एमिनो एसिड, सुगर र भिटामिनका साथै हर्मोन र न्युरोएक्टिभ पदार्थ पनि हुन्छन् । यो प्रयोग क्लोनल रेडर कमिलामाथि गरिएको थियो तर अनुसन्धानकर्ताहरुले के पाए भने कमिलाको पाँच ठूला सब फ्यामिलीमध्ये कम्तिमा एक प्रजातिमा यही प्रक्रिया पाइयो ।

यो अहिले पनि स्पष्ट छैन कि यो प्युपा मिल्कले कमिलाको सामाजिक संरचनालाई कसरी प्रभावित गर्छ तर अनुसन्धानकर्ताले यसबारे पत्ता लगाउने कोसिस गरिरहेका छन् । अनुसन्धानकर्ताका अनुसार जसरी कमिलाले यो तरल पदार्थको प्रयोग गर्छन्, यसले विकासको विभिन्न चरणबीच निर्भरता पैदा गर्छ ।

यो पनि पढ्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

मन्त्रिपरिषद्काे बैठक बोलाइयाे

१६ मिनेट अगाडि

सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि झिकाउन आदेश

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद्को कार्यालयमा कडाइ

आज सुनचाँदीको मूल्य घट्याे

भारतबाट रासायनिक मल खरिद गर्ने

विधवाले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने खारेज

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक