आइत, अशोज ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

८१ वर्षीय पशुपतिशमशेरलाई संसदमा शपथ खुवाउने अवसर

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
८१ वर्षीय पशुपतिशमशेरलाई संसदमा शपथ खुवाउने अवसर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – मंसिर ४ गते भएको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभामा राप्रपाका पशुपति शमशेर राणाले जेष्ठ सदस्यको हैसियत प्राप्त गर्ने भएका छन्।

राप्रपाकोे समानुपातिक तर्फको खस आर्य समूहबाट सांसद बन्न लागेका ८१ वर्षे राणाले जेष्ठ सदस्यका रुपमा पहिलो बैठकको अध्यक्षता गर्ने र अरु सदस्यहरुलाई शपथ खुवाउने भएका छन्। उनले उक्त जिम्मेवारी अस्वीकार गरेको अवस्थामा मात्रै अरुले अवसर पाउने छन्। राणाले राष्ट्रपतिबाट सांसदको शपथ लिएपछि पहिलो बैठकमा अरु सदस्यलाई शपथ खुवाउने छन्।

निर्वाचन आयोगले चुनावी परिणामलाई अन्तिम रुप दिन तयारी गरिरहेको अवस्थामा आयोगकै विवरण अनुसार ८१ वर्ष पुगेका राणा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति हुन्। उनको जन्म विसं १९९८ वैशाख २५ गते काठमाडौँको महाराजगञ्ज भएको हो।

संसदको दोस्रो जेष्ठ सदस्यका रुपमा बाग्लुङ २ बाट निर्वाचित जनमोर्चाका चित्रबहादुर केसी हुन्। आयोगको रेकर्डअनुसार उनी ८० वर्षका भए।

त्यस्तै केसीभन्दा केही महिनाले मात्रै कान्छा महन्थ ठाकुर हुन्। उनी लोसपाबाट महोत्तरी ३ बाट निर्वाचित भएका छन्। उनको पनि उमेर ८० वर्ष रहेकोे आयोगको रेकर्डले देखाउँछ। ठाकुरले २०७४ सालमा जेष्ठ सदस्यका रुपमा सभामुख चयन नभइञ्जेल बैठक चलाएका थिए।

नागरिकतामा त्रुटिवश ८५ वर्ष उमेर कायम भएका महिन्द्रराय यादव हुन्। सर्लाही २ बाट निर्वाचित यादवको औपचारिक उमेर ८५ वर्ष भए पनि उनी त्यो वास्तविक नभएको बताउँछन्। २०७४ सालमा नागरिकता अनुसार जेष्ठ सदस्य भए पनि उनले पहिलो बैठकमा आफू अनुपस्थित भएर महन्थ ठाकुरलाई अध्यक्षता गर्ने अवसर दिएका थिए।

संसदमा तनहुँ २ बाट निर्वाचित रामचन्द्र पौडेल ७८ वर्षका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा ७७ वर्षका भए। मंसिर ४ को चुनावमा उनले सातौँपटक डडेलधुराबाट जितेका छन्।

यो पनि पढ्नुहोस्

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

७ घण्टा अगाडि
प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित

संघीय निजामती सेवा विधेयकउपर राय दियाे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक