बेइजिङ । चीनले मंगलबारदेखि ‘डिजिटल ट्राभल कोड’ प्रयोग हटाउने भएको छ।
चीनले सोमबार दिएको जानकारी अनुसार मंगलबारदेखि कोड प्रयोग हुने छैन। यो दूरसञ्चारमा आधारित डिजिटल उपकरण हो। स्थानीय सरकारलाई सम्भावित संक्रामक जोखिमबाट जोगाउनका लागि व्यक्तिहरूको क्रस-सिटी यात्राहरूको ट्र्याकिङ सुरु गरिएको थियो। सन् २०२० मा कोभिड १९ को रोकथामका लागि उक्त योजना सुरु गरिएको थियो।


