मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– राजनीतिक दलहरुले समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ।

प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले गत बुधबार दलहरूलाई शनिबारसम्मको समय दिएको हो।

दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ।

प्रत्यक्षबाट चुनाव जितेका महिलाको संख्या न्यून भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा परेका हुन्।

नाम टुंगो लगाउन सबैजसो राजनीतिक दलहरु शनिबार बिहानदेखि नै आन्तरिक छलफलमा जुटेका छन्।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल गरिरहेको छ। समानुपातिकबाट ३२ सिट पाएको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएकाले ३ मात्रै पुरुष छान्नुपर्ने छ। तर दलित, मधेशी, आदिवासी, मुस्लिम, खसआर्य र थारु गरी ६ वटा क्लस्टरको एक नम्बरमा केन्द्रीय नेता नै रहेकाले कसलाई प्रतिनिधिसभामा लैजाने भन्ने निर्णय गर्न कांग्रेसलाई सकस भएको छ।

३४ सिट पाएको एमाले पनि समानुपातिकको नाम टुंगो लगाउन सचिवालय बैठकमा व्यस्त छ। एमालेले २२ जना महिला र १२ पुरुष पठाउन सक्ने भए पनि अन्तिम निर्णय गरिसकेको छैन।

नेकपा माओवादी केन्द्रले समानुपातिकमा पाएको १४ उम्मेदवार छनोट गर्न शनिबार पदाधिकारी बैठक बसिरहेको छ।

शुक्रबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बसेको हो।

१४ मध्ये १२ महिला प्रतिनिधिसभामा अनिवार्य पठाउनुपर्ने भएपछि दुई पुरुषमा कुन क्लस्टरबाट प्रतिनिधित्व गराउने भन्नेमा माओवादीलाई सकस परेको छ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र सात सिट पाएको राप्रपाले पनि आज पार्टीको आधिकारिक बैठकबाट निर्वाचित हुनेको नाम टुंगो लगाउँदै छ।

दलहरुले समानुपातिकतर्फको अन्तिम सूची आयोगमा शनिबार ४ बजेसम्म बुझाउनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र

शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र

१७ मिनेट अगाडि
गोरखामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरे

गोरखामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरे

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

युरोपमा तातो लहरबाट १ हजार ३०० जनाको मृत्यु

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

शक्ति लम्साल: एक युग नायक  

कृषिमा आधुनिकीकरण आवश्यक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक