काठमाडाैँ – मेलम्चीको पानी काठमाडौँमा तेस्रो पटक वितरण भएसँगै यतिबेला उपत्यकावासीहरू हर्षित छन्।


पानीको हाहाकार हुने काठमाडौँमा मेलम्चीको पानी वितरण भएसँगै उपत्यकावासीको मुहार पानी छैन भन्ने चिन्ताबाट मुक्त भएको छ।



अरु दिन उनीहरूको मुहार उल्लासमय स्पष्ट देख्न सकिन्छ। पानी वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरुको भीड छ।
पानी वितरण भएको दिन (शुक्रबार) दिउँसोदेखि नै काठमाडौँका सार्वजनिक स्थानमा रहेका धाराहरुमा पानी थाप्नेहरुको संख्या उल्लेख्य थियो।

पानीको अभाव खड्किरहने काठमाडौँ उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महशुस गरिरहेको छ। शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको
खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए।




मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी
नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौँ उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुनेछ।
थप तस्बिरहरू:








