आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पेनाल्टी सुटआउटमा भाग्यमानी बन्दै अर्जेन्टिना सेमिफाइनलमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पेनाल्टी सुटआउटमा भाग्यमानी बन्दै अर्जेन्टिना सेमिफाइनलमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कतार विश्वकप फुटबलको दोस्रो क्वाटरफाइनल पनि रोमाञ्चक बनेको छ। निर्धारित तथा अतिरिक्त समय २-२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ अर्जेन्टिनाले ४-३ को जित निकाल्दै क्रोएसियासँगको सेमिफाइनल भिडन्त पक्का गर्‍यो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक एमिलिआनो मार्टिनेजले नेदरल्यान्डका सुरुवाती दुई प्रहारलाई जोगाउँदे उत्कृष्ट प्रदर्शन गरे। निर्धारित समयमा दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टी सुटआउट सम्म कुर्नु परेको थियो।

विश्वकप फुटबलको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्डले सानदार पुनरागमन गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएको थियो। अर्जेन्टिनाले खेलमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो। विश्वकप फुटबलमा यो लगातार दोस्रो खेल अतिरिक्त समयमा धकेलिएको हो।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ३५ औ मिनेटमा अग्रता बनाएको थियो। लियोनेल मेसीले दिएको उत्कृष्ट पासलाई नाहुएल मोलिनले सानदार फिनिस गर्दै डच टिम विरुद्ध सुरुवाती अग्रता दिलाउन सफल भए। दोस्रो हाफमा लियोनेल मेसीको पेनाल्टी गोलमार्फत अर्जेन्टिनाले अग्रता दोब्बर बनायो।७३ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएको अर्जेन्टिना त्यसपछि खेल जोगाउन नसक्दा नेदरल्यान्डले खेलमा फर्किएको थियो।

नेदरल्यान्डका लागि वउट वेघोष्टरले दुबै गोल गरेका थिए। उनले ८३ औ मिनेटमा पहिलो गोल गर्दा १० मिनेट थप  गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा पाएको फ्रिकीक बललाई जालि चुमाउँदै बराबरी गोल गरेका थिए। नेदरल्यान्डको बराबरीसँगै खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।

अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ। क्रोएसियाले पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

३ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक