कीर्तिपुर । सिपी सेन्टरको आयोजनामा ६ महिने आधारभुत र ३महिने विशेष सिलाई कटाई तालिम मंसिर २० गते समापन गरिएकाे छ ।
पक्षाघात भएका बच्चाहरुका आमाहरु र समुदायका महिलाहरुका लागि रोजगारी अभिवृद्धि गराउनका लागि शुरू गरिएकाे तालिममा कार्यक्रममा प्रमुख अतिथिको रुपमा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभ लक्ष्मी शाक्य (सुनिता) ले
कीर्तिपुर नगरपालिकाबाट दिइदै आइरहेका तालिमहरु तालिममात्रै सीमित जस्तो देखिएकाले अवका दिनमा तालिमबाट दक्षता तालिम दिएर एक व्यक्ति एक तालिम दिने धारणा राखिन् ।
सो कार्यक्रमको सभापति संघ राम महर्जनबाट भएको कार्यक्रममा कोपिला नेपाः संस्था सिद्धिपुरबाट भएको थियाे ।
२ वर्ष देखि प्रशिक्षर्थीहरुको पुनः मिलन समेत गरिएकाे थियाे ।


