बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सहकारी बैंकमार्फत सहुलियत कर्जा प्रवाह गर्न अनुरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सहकारी बैंकमार्फत सहुलियत कर्जा प्रवाह गर्न अनुरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सहकारी जोगाउन अभियानले सरकारसँग हारगुहार गरेको छ। तरलता अभावका कारण धेरै सहकारी संकटमा परेको भन्दै जोगाउन सरकारसँग सहयोग मागेको हो।

सहकारी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेगरी अपिल जारी गर्न महासंघले विभागसँग अनुरोध गरेको छ। सो अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीका सदस्य तथा आम सर्वसाधारणलाई विश्वास दिलाउने काम सहकारी अभियानकै भएको  जनाएका छन् ।

कोही सदस्य निक्षेप फिर्ता नपाएको उजुरी गरेमा विभागले कारवाही गर्नुपर्ने भन्दै अपिल जारी गर्न नसकिने जनाए ।

राष्ट्रिय सहकारी महासंघले सरकारलाई सहुलियत कर्जा दिनुपर्ने लगायत ५ बुँदे ज्ञापनपत्र सहकारी विभागका रजिष्ट्रार रुद्रप्रशाद पण्डितलाई बुझाएको छ।

ऋण असुली, सहुलियत  ऋण, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्न माग गरेका छन्।

सरकारका विभिन्न कोषमा रहेका रकम राष्ट्रिय सहकारी बैंकमार्फत सहुलियत कर्जा प्रवाह गर्न महासंघले अनुरोध गरेको छ। सम्पत्ति रोक्का, कालोसूचीमा समावेश लगायत व्यवस्थामार्फत सहकारीको खराब ऋण असुलीमा समन्वय गर्न आग्रह गरिएको छ।

सहकारीको समस्या समाधानका लागि महासंघले सञ्चालक केबी उप्रेतीको संयोजकत्वमा उपसमिति बनाएको छ। यसअघि बागमती प्रदेश सहकारी संघको नेतृत्वमा काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेका जिल्ला संघहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए।

पछिल्लो समयमा ६५ प्रतिशतभन्दा सहकारीमा समस्या देखिएको छ। अधिकांशले निक्षेप फिर्ता गर्न सकेका छैनन्। कर्जा असुली गर्न सकेका छैनन्।

रजिष्ट्रार पण्डितले सहकारी कर्जा सूचना केन्द्रको कार्यविधि अर्थ मन्त्रालयमा पुगेको जनाएका छन्। ऋण असुली न्यायाधिकरण तथा बचत तथा ऋण सुरक्षण कार्यविधि पनि तयार गरेर मन्त्रालयमा पठाइएको रजिष्ट्रार पण्डितले जनाए ।

सञ्चालक उप्रेतीले सहकारीमा पछिल्लो समयमा विश्वास गुम्दै गएको बताए। सुशासन हराउँदा पनि संकट आएको उनले जनाए ।

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

६ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक