विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीकाे पहिलो स्थानबाट एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले कब्जा जमाएका छन्। फाेर्ब्सको पछिल्लो सूचीले एलन मस्कलाई अर्नाल्टपछि दोस्रो स्थानमा धकेलेकाे हाे ।
पछिल्लो तथ्यांकअनुसार बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर छ । मस्कसँग भने अहिले १८५.४ अर्ब डलर सम्पत्ति छ।
७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका सिइओ हुन् भने ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्स हाँक्छन्। उनले पछिल्लो समय ट्विटर पनि किनेका छन्।
भारतीय व्यापारी गौतम अदानी १३४.८ अर्ब डलर सम्पत्तिसहित सूचीकाे तेस्रो स्थानमा छन्।