बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

rishi by rishi
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

२३ मंसिर, काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।

हुन त यसपटक विश्वकपको पहिलो खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेको छ ।

अपराजित छ क्रोएसिया

क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा भने ब्राजिल अपराजित छ । ब्राजिलले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २००२ मा पछिल्लो पटक विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा त्यही इतिहास दोहोर्‍याउने दाउमा छ ।

चार वर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यसपटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहोर्‍याउन चाहन्छ । तर उसको यात्रा भने सहज छैन, कारण क्वाटरफाइनलमै पाँच पटकको विजेता ब्राजिलसँग क्रोएसियाको भेट हुँदैछ ।

कतार विश्वकपमा क्रोएसियाले समूह एफमा एक खेल जितेको थियो भने दुई खेल बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडाविरुद्ध ४-१ को पुनरागमन जित निकालेको थियो भने बेल्जियमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम १६ मा १२० मिनेटको खेल १-१ को बराबरी भएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएर क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिल : विश्वकपको सदाबहार दाबेदार 

फिफा वरीयतामा विश्व नम्बर एक अनि विश्वकपको सदाबहार दाबेदार हो ब्राजिल । हरेक विश्वकपको दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । चार वर्ष अघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

पछिल्लो पटक एसियामै भएको विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा उपाधिको पर्खाइलाई अन्त्य गर्न चाहन्छ ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । त्यसपछि ब्राजिल फाइनल पनि पुग्न सकेको छैन । २०१४ मा घरेलु भूमिमै सेमिफाइनल पुगेको ब्राजिल २००६, २०१० र २०१८ मा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

नेदरल्याण्ड्स : तीन पटकसम्म विश्वकपको फाइनलमा हार

नेदरल्याण्ड्स फिफा वरीयतामा ८औं स्थानमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

आयोजक ब्राजिललाई हराएर नेदरल्याण्ड्स तेस्रो भएको थियो । ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको नेदरल्याण्ड्सको भेट यस पटक पनि अर्जेन्टिनासँग हुँदैछ ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

१ मिनेट अगाडि
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

३ मिनेट अगाडि

जारी विश्वकपमा अपराजित चार मध्ये एक टिम हो नेदरल्याण्ड्स । नेदरल्याण्ड्स समूह चरणमा २ जित र १ बराबरी नतिजासहित समूह विजेता बनेको थियो ।

नेदरल्याण्ड्सले समूह चरणमा सेनेगललाई २-० र कतारलाई २-० ले पराजित गरेको थियो भने इक्वेडरसँग १-१ को बराबरी खेलेको थियो । नेदरल्याण्ड्सले अन्तिम १६ मा अमेरिकालाई ३-१ ले हराएको थियो ।

नेदरल्याण्ड्सका कोडी गाक्पोले विश्वकपमा ३ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको होडमा छन् ।

अर्जेन्टिना : मेसीको अन्तिम विश्वकप सुखद बनाउने लक्ष्य

अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘बी’ को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो ।

लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।

अर्जेन्टिना पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्दैछ । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्सविरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा हराएर अर्जेन्टिना फाइनल पुगेको थियो तर अतिरिक्त समयमा गोल व्यहोर्दै जर्मनीसँग पराजित हुँदा उपाधि नजिक पुगेर पनि टाढिएको थियो ।

यस पटक पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अप्रत्यासित २-१ को हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने खतरा बढेको थियो । तर त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हराएर अर्जेन्टिना समूह विजेता बनेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक