आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

यस्तो छ माओवादी केन्द्रको दोहोरो खेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
यस्तो छ माओवादी केन्द्रको दोहोरो खेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
भागबण्डामा कुरा मिले कांग्रेसतिर / नत्र वाम आवरणमा एमालेतिर
काठमाडौं / हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रमा तेस्रो भएको नेकपा माओवादी केन्द्रले सत्तामा सहभागी हुने विषयमा दोहोरो चरित्र देखाएपछि आगामी ‘राजनीतिक कोर्ष’ अस्थिर हुने संकेत देखिएको छ । माओवादी केन्द्रले सत्ता गठन्धनबाट चुनावमा सहभागिता जनाए पनि अहिले सत्ताको बार्गेनिङ गर्न अन्य दलसँग पनि सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिएपछि सरकार गठनको विषय पेचिलो हुने देखिएको हो ।
चुनावबाट ठूलो दल बनेको कांग्रेसले माओवादी केन्द्रलगायत सत्ता साझेदार दलसँगको फेरि सहकार्यमा सरकार बनाउन चाहेको छ, जसको नेतृत्व हालका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न चाहेको स्पष्ट नै छ । तर, कांग्रेसलाई वर्तमान सरकार बनाउन सघाउ पु¥याएको माओवादी यसपटक भने आफू नै नेतृत्व लिन चाहन्छ । फेरि मुलुकको प्रधानमन्त्री हुन चाहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि अन्य दलसँग पनि सरकार गठनका लागि सहकार्य हुनसक्ने भन्दै नयाँ कार्ड फालेका छन् । यसले कांग्रेस वृत्त झस्किएको छ भने एमाले वृत्त उत्साहित देखिएको छ ।
हालै भएका भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव राखेका छन् । उनले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन् । तर, देउवाले भने प्रचण्डलाई कुनै जवाफ दिएका छैनन् । प्रतिनिधिसभा चुनावमा कुनै पनि दलको बहुमत आएको छैन । अझ सरकार गठनका लागि त ४÷५ वटा दलबीच सहकार्य भएमात्र सम्भव छ । कांग्रेस र एमाले अन्य दललाई आकर्षित गरेर सरकार बनाउने ध्याउन्नमा छन् । सत्ता गठबन्धनबाट चुनाव लडेका दलहरुबीच सहकार्यको सम्भावना धेरै छ । तर, माओवादी गठबन्धनबाट बाहिरिने हो भने सत्तागठबन्धनका लागि अन्य पार्टीको सहयोग आवश्यक पर्नेछ ।
माओवादीको यो दोहोरो खेलले आगामी दिनमा देशमा फेरि अस्थिर राजनीतिको मञ्चन हुने खतरा बढेको राजनीतिक विश्लेषकहरुले जनाएका छन् । विगतमा ५० को दशकमा पनि दलहरुले बहुमत ल्याउन नसक्दा साना पार्टीको नेतृत्वमा सरकार बन्ने, सरकारलाई बहुमत पु¥याउने खेलका लागि सांसद किनबेच, पजेरो काण्ड, सुरासुन्दरीको व्यवस्था र थाइल्यान्डभ्रमण समेतका गलत अभ्यासहरु भएका थिए । त्यस्तै घटनाहरु यसपटक पनि सरकार गठनका लागि हुने हो भन्ने आशंका बढाएको छ ।
फेरि सरकार गठनको अस्वस्थ चलखेल हुने हो भने त्यसको केही हदसम्मको जिम्मेवार माओवादी केन्द्र पनि ठहरिनेछ । हालसम्मको मतपरिणामअनुसार माओवादी केन्द्रले सरकारको नेतृत्व नै दाबी गर्ने गरी मत पाउन सकेको छैन । अझ हालसम्मका चुनावमा सहभागिताको विश्लेषण गर्दा माओवादी केन्द्रले निरन्तरजसो मत गुमाउँदै गएको छ । २०६४ सालको संविधानसभाको चुनावबाट निर्वाचनमा सहभागी भएको माओवादी त्यतिबेला पहिलो पार्टी बनेको थियो । तर, त्यसपछि माओवादी निरन्तर खस्किँदै गएको छ ।
माओवादीले पहिलो संविधानसभामा प्रत्यक्षतर्फ १२० सिटसहित ३१ लाख ५४ हजार ५१९ र समानुपातिकतर्फ १०० सिटसहित ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । माओवादी एक्लैले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा जित हासिल गरेको थियो ।
२०७० सालमा भने माओवादी पहिलोबाट एकैपटक तेस्रो दलमा झर्न पुग्यो । त्यतिबेला माओवादीले २६ सिट जितेको थियो भने १६ लाख ९ हजार १४५ मत पाएको थियो । समानुपातिकतर्फ १४ लाख ३९ हजार ६०९ मतसहित ५४ सिट जितेको थियो । २०७४ सालको संसदीय निर्वाचनमा एमालेसँग गठबन्धनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट र समानुपातिकमा १७ सिट जित्दै तेस्रो दल बनेको थियो ।
माओवादीको अवस्था यसपटकको संसदीय चुनावमा झनै दयनीय बनेको छ । सत्ता गठबन्धनबाट चुनावमा होमिएको माओवादीले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने समानुपातिकतर्फ ११ लाख ६२ हजार १२४ मतपाएको छ । जसअनुसार माओवादीले १४ सिट पाउने सम्भावना छ । माओवादी यसपटक पनि तेस्रो स्थानमा नै छ भने निर्णायक शक्ति विस्तारै गुमाउन थालेको छ ।
शान्ति प्रक्रियामा आएपछि माओवादीले आफ्नै नेतृत्वमा र अन्य दलको नेतृत्वमा पनि पटकपटक सत्ताको स्वाद चाखिसकेको छ । शक्ति केन्द्रको वरिपरि रहेका कारण माओवादीका नेताको जीवनस्तर आश्चर्यजनक रुपमा फेरिएको छ । तर, जनताको अपेक्षाअनुसार काम गर्न भने पार्टी असफल हुँदै आएको छ । पार्टीका नेताहरुको विलासी जीवनशैली, अनियमितता र भ्रष्टाचारमा संलग्नताको आरोप बढ्दा माओवादी सहरी क्षेत्रबाट विस्थापित हुँदै केही ग्रामीण क्षेत्रमा मात्र सीमित हुँदै आएको छ । १० वर्षे जनयुद्धको म्यान्डेट अनुसार काम गर्न नसकेको र आफूभित्र नै निरन्तर फुटका कारण कमजोर साबित भएको माओवादी अब त अन्य दलसँगको गठबन्धनविना चुनाव नै लड्न नसक्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा माओवादीले विगतका कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो छवि सुधार्नुपर्ने अस्थिर राजनीतिको बीजारोपण गर्न खोज्नु पार्टी र देशका लागि भने हितकर हुने देखिँदैन ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक