आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

महिलाको हकबारे संसदले गर्नुपर्ने काम अदालतबाट प्रारम्भ !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
महिलाको हकबारे संसदले गर्नुपर्ने काम अदालतबाट प्रारम्भ !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
पितृसत्तात्मक सोचका कारण महिलाहरु पछाडि पर्दै आएको एउटा उदाहरण हो, आमाबुबाको सम्पत्तिमा उनीहरुको हकदाबी नलाग्ने । नेपालमा विवाहिता छोरीले आमाबुबाबाट सम्पत्ति पाउँदैनन् भने श्रीमान्को घरमा पनि उनीहरुको नाममा सम्पत्ति हुने अवस्था कमै हुन्छ । त्यस कारण जीवनभर उनीहरुको नाममा न कतै एकटुक्रा जमिन हुन्छ न त कुनै अन्य भौतिक सम्पत्ति नै । सम्पत्तिविहीन हुने महिलाहरुको संख्या नेपालमा धेरै नै छ । विवाह नै नभएका छोरीले पनि माइतीमा सम्पत्ति पाएका पनि निकै नै कम छ । यदि परिवारमा अरु दाजुभाइ छैनन् भने मात्र उनीहरुले आमाबुबाका सम्पत्ति पाउने सम्भावना हुन्छ ।
सम्पत्ति आफ्नो नाममा हुनु भएको एक प्रकारको आत्मबल पनि हो । त्यसैले महिलालाई निर्णय शक्ति दिने, आफ्नो अधिकारका लागि बोल्ने र घरेलु हिंसाविरुद्ध आवाज उठाउन पनि मद्दत गर्ने विभिन्न अध्ययनबाट पनि देखिएको छ । त्यसैले पछिल्लो समय महिलाको नाममा जग्गाको लालपुर्जा बनाएमा सरकारले छुट पनि दिँदै आएको छ । तर, महिला हकअधिकारका लागि सरकारले गरेका काम अझै अपर्याप्त छन् । अझ झन् संसदले त महिलाको अधिकार स्थापित हुने थुप्रै कानुनहरु बनाउनुपर्नेमा त्यसो गर्न चुक्दै आएको छ । तर, हालै मात्र नवलपुर जिल्ला अदालत आमाबुबाको सम्पत्तिमा विवाहित भइसकेकी छोरीको पनि हकदाबी रहने र अंश पाउने फैसला गरेर नयाँ नजिर स्थापना गरेको छ ।
आमाबुबाको मृत्युपछि उनीहरुको जमिन हजुरआमाले लिएकाले आफूहरुको पनि अंश दाबी लाग्ने माग गर्दै दुई छोरीले हालेको मुद्दामा अदालतले उक्त फैसला गरेका हो । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनको छोरा नै हुनुपर्न भन्ने पितृसत्तात्मक सोचमात्रै रहेको ठहर गरिएको छ । अदालतले गरेको यस्तै काम खासमा संसदबाट हुनुपर्ने हो, तर यस्ता थुप्रै महिलामैत्री कानुनहरु संसद र सांसदले गर्द चुक्दै आएका छन् । अर्कोतर्फ संसदमा महिलाहरुको दुई तिहाइ उपस्थितिलाइ पनि दलहरुले कायम गर्न सक्ने सम्भावना कम छ । यो पनि दलहरुको लागि पाठ हुनसक्छ ।
अदालतले ‘लैगिंक समानता कायम गर्न तथा लैगिंक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ ले खारेज गर्ने गरी मिति २०७२।६।१४ मा साविकको मुलुकी ऐनमा संशोधन भएको हुँदा सो पश्‍चात् विवाहित अवस्थामा रहेका छोरीलाई पनि अब अंश दिने कुरामा कुनै कानूनी अड्चन रहेको भन्‍ने देखिँदैन भन्दै २०७२ असोज १४ गतेपछि विवाह भएकी छोरीले पनि अंश पाउने फैसलामा उल्लेख गरेको छ । यसले नेपालको आधाभन्दा धेरै जनसंख्या रहेको महिलाहरुलाई अब सम्पत्तिमा आफ्नो हकअधिकार कायम गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ । देशको आधा जनसंख्या रहेको महिलामा चेतना, शिक्षा वृद्धि हुन सकेमा निश्चय नै त्यसको लाभ देशलाई नै हुनेछ । देशको नागरिकमा जति धेरै संख्यामा सचेत, शिक्षित र रोजगार हुनेछन्, त्यसको प्रभाव राज्यको अर्थतन्त्रमा पर्नेछ । देश विकास र समृद्धिको लामो यात्रामा पुरुष मात्र होमिएर सम्भव हुँदैन, महिलाको पनि सहभागिता अनिवार्य हुन्छ भन्नेमा दलहरुले हेक्का राख्न जरुरी छ, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

५२ सेकेन्ड अगाडि
रवि र अमेरिकी विशेष दूतबीच भेटवार्ता

रवि र अमेरिकी विशेष दूतबीच भेटवार्ता

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक