काठमाडौँ- डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदकाे नाम टुंगो लगाएकाे छ ।
बिहीबार उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जना समानुपातिक सांसदकाे नाम टुंगो लगाएको हो।
उक्त पार्टीले समानुपातिकतर्फ तीन महिलासहित पाँच जनाकाे नाम पठाएकाे हाे ।
पार्टीका तर्फबाट समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने टुंगो लागेकाे हाे ।
उक्त पार्टीबाट प्रत्यक्षतर्फ सप्तरी २ बाट डा. सिके राउत निर्वाचित भएका छन्।