शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

११ औं संस्करणकाे नेफ्टा अवार्डमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
११ औं संस्करणकाे नेफ्टा अवार्डमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने भएको छ । बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर र पोर्टल सार्वजनिक गरियो । कार्यक्रममा निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको कामना व्यक्त गरे । अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण हुने भए पनि सफल हुने विश्वास व्यक्त गरे ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना महामारीपछि नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार भएको र दर्शकको संख्या बढ्नु उत्साहजनक भएको जनाए । ‘नेपाली फिल्मलाई सफ्टपावरको रुपमा विकास गरेर विदेशी बजारमा लैजान हाम्रो उद्देश्य छ ।

यो सपना हामीले नेफ्टा अवार्डमार्फत पूरा गर्न चाहन्छौं,’ अध्यक्ष लामाले भने, ‘नेपाली र विदेशी फिल्ममेकरबीच बजार, संस्कृति र सम्भावना आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो ।’ आयोजक यूएस खबरका सञ्चालक किसन रेग्मीले नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा आयोजना हुन लागेको अवार्डलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फेम नेपालका सञ्चालक विमलकुमार पछाईले आफ्नो इभेन्ट म्यानेजमेन्टको अनुभवलाई अमेरिकामा प्रस्तुत गर्न लागेको बताए । हलिउड र बलिउडकर्मीलाई सहभागी गराएर पनि कार्यक्रम गर्ने आफूहरुको योजना रहेको उनले सुनाए । हलिउडका नेपाली कलाकार जसवन्तदेव श्रेष्ठले अवार्डलाई सफल तुल्याउन आफ्नो भूमिका हुने बताए । अमेरिकाको टेक्ससस्थित ६ हजार ३०० दर्शक क्षमताको ट्रस्ट सीयू थिएटरमा कार्यक्रम गर्न लागिएको हो ।

भर्चुअल पत्रकार सम्मेलनमा अवार्ड स्थलको भिडियो पनि प्रस्तुत गरियो । अध्यक्ष लामाका अनुसार नेपालका चर्चित कलाकारसहित राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । यूएस खबर, फेम नेपाल, ८८४८ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् ।

२०६३ सालमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट नेफ्टाले अवार्डको सुरुवात गरेको थियो । गत वर्ष कोरोना महामारीले हुन नसकेको अवार्ड यसपटक भौतिक रुपमा गर्ने तयारी भएको हो । यसअघि मलेसिया, हङकङ, कतार र दुबईजस्ता विदेशी थलोमा कार्यक्रम भइसकेको छ ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

२३ सेकेन्ड अगाडि
‘घरघरमा सरकारी सेवा’ अभियान सुरु

‘घरघरमा सरकारी सेवा’ अभियान सुरु

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

स्पेनले अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुग्याे

पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

मेक्सिको अन्तिम १६ को यात्रा तय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक