आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लिग टु : नामिबियासँग नेपाल पराजित, शीर्ष ३ पुग्ने सम्भावना सकियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लिग टु : नामिबियासँग नेपाल पराजित, शीर्ष ३ पुग्ने सम्भावना सकियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखला अन्तर्गत तेस्रो खेलमा नेपाल बुधबार घरेलु टोली नामिबियासँग ८६ रनले पराजित भएको छ ।

विन्डोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १० विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

नेपालले ओडिआई मानयता पाएयता नामिबियालाई हराउन सकेको छैन । गत जुलाईमा स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबयासँग दुवै खेलमा पराजित भएको थियो भने यस शृंखलाको पहिलो खेलमा नेपाल र नामिबियाबीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेको थियो ।

यस जितपछि नामिबायले ३० खेलबाट ३७ अंक जोडेको छ । नामिबियाले लिग टु को शीर्ष तीनमा रहेर अर्को वर्ष हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो बनाउँदा नेपाल भने यसको ठीक विपरीत अवस्थामा छ ।

ब्याटिङमा अझै परीक्षण

भारतीय प्रशिक्षक मनोज प्रभाकरको आगमानपछि नेपाली टिममा परिक्षण मात्रै भइरहेको छ । उनले अझै पनि नेपालको टिमलाई सही संरचना दिन सकेका छैनन् ।

प्रभाकरले नेपालको ब्याटिङ अर्डरलाई फेर बदल गरिरहेका छन् । जसले गर्दा खेलाडीहरु नै कन्फ्युजनमा परेको देखिन्छ । त्यसले गर्दा खेलाडीले सही रुपमा जिम्मेवारी निर्वाह गर्न नसकेको देखियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाए । ६१ बल खेलेका उनले ३ चौका प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र ओपनर अर्जुन साउदले २९ रन जोडे । आरिफ शेखले १८ रन बनाए ।

आजको खेलमा कुशल भुर्तेलले अर्जुन साउदसँग ओपनिङ गरेका थिए भने आसिफ शेखले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । प्रशिक्षक मनोज प्रभाकरले यसअघि कुशललाई अलराउण्डरको भूमिका दिएका थिए ।

तर कुशल ३ रन बनाएर चौथो ओभरमै आउट भए । त्यसपछि आसिफ ७ रनमा आउट भए । अर्जुन र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । तर दुवैले राम्रो सुरुवात पाइसकेपछि पनि लामो समय भने क्रिजमा टिक्न सकेनन । यसअघि लोअर अर्डरमा नेपालको इनिङ्स सम्हाल्दै आएका गुल्सन झाले नामिबिया विरुद्ध दीपेन्द्र सिंह ऐरी र आरिफ शेख भन्दा अघि छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । तर २ रनमा आउट भए ।

९१ रनमै ५ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र दीपेन्द्रले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ५६ रनको साझेदारी गर्दै यो साझेदारी तोडियो । त्यसपछि नेपालले लगातार विकेट गुमउँदा अलआउट भयो ।

नामिबियाका लागि जे जे स्मिथ, तान्गेनी लुंगामेनी र पिक्की या फ्रान्सले २-२ विकेट लिए । रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट र माइकल भान लिन्गेनले समान १ विकेट लिए ।

भान लिन्गेनको शतक

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले भान लिन्गेनको शतकीय पारीमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । लिन्गेनले १११ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा ११९ रन बनाए । लिन्गनेल कप्तान गेर्हार्ड इरासमसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । इरासमसले ७६ बल खेल्दै १ चौका र २ छक्का मद्तमा ५३ रन बनाए ।

नामिबियाले विकेट गएपनि महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई अगाडि बढाएको थियो । जुन नेपाली इनिङ्समा देखिएन ।

यस्तै लिन्गेनले जान निकोल लोफ्ठी एटोनसँग चौथो विकेटका लागि ९० रनको साझेदारी गरे । एटोनले ३२ बलमा ४० रन बनाउने क्रममा ४ चौका र१ छक्का प्रहार गरे । पिक्की या फ्रान्स ११ रनमा अविजित रहे ।

नेपालका लागि ललित राजवंशीले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामीले २ विकेट लिए । सागर ढकाले १ विकेट लिए ।

नामिबिया विरुद्ध २ विकेट लिएका सोमपाल कामीले ओडिआईमा ५० विकेट पूरा गरेका छन् । ३१औं खेलमा यो उपलब्धी हासिल गरेका सोमपाल नेपालबाट ओडिआईमा ५० विकेट लिने दोस्रो खेलाडी बने । निलम्बित कप्तान सन्दीप लामिछानेले ओडिआईमा नेपालका लागि सर्वाधिक ६९ विकेट लिएका छन् ।

अबको नेपालको बाटो

२३ खेलबाट १८ अंक मात्र रहेको नेपाल सात टिम सहभागी लिग टु मा छैटौं स्थानमा छ । यस हारले नेपालको शीर्ष तीनमा पर्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४१ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

५९ मिनेट अगाडि

स्कटल्याण्ड र ओमानको समान ४४ अंक छ र नेपालले अब बाँकी रहेको सबै १३ खेल जितेपछि यी दुई टिमसँग अंक बराबरी हुनेछ । नेपाललाई सबै खेल जित्ने चुनौती छ । लिग टु बाट ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना सकिएपछि नेपालको लक्ष्य अब एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने र प्लेअफ मार्फत ग्लोबल क्वालिफायरमा पुग्ने चुनौती थपिएको छ ।

नामिबियाको शृंखलापछि नेपालले लिग टु मा तीन शृंखला खेल्न बाँकी छ । जसमा दुई शृंखला घरेलु मैदान र एक शृंखला बाहिर गएर खेल्नुपर्नेछ ।

लिग टु मा शीर्ष पाँचमा पर्न सके नेपालले ओडीआई मान्यतालाई जोगाउनेछ । त्यसका लागि अब बाँकी १३ मध्ये नेपालले ९ खेल जित्नुपर्नेछ । ९ खेल जितेमा नेपाल अमेरिकाला पछि पार्दै पाँचौ स्थानमा पुग्नेछ । सबै ३६ खेल खेलिसकेको अमेरिकाको ३५ अंक छ । २८ खेलबाट २ अंक मात्र रहेको पपुवा न्यु गिनी अन्तिम हुने पक्का छ ।

लिग टु मा पुछारका चार टिम ग्लोबल क्वालिफायरका लागि च्यालेन्ज लिगका शीर्ष दुई टिमसहित ६ टिम सम्मिलित प्लेअफ खेल्नुपर्नेछ । जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

यदी नेपाल लिग टु को शीर्ष पाँचमा परेमा ओडिआई मान्यता जोगाउनेछ भने प्लेअफ क्वालिफायर खेल्नुपर्नेछ । प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा रहन सके ग्लोबल क्वालिफायरमा पुग्नेछ । लिग टु को अन्तिम दुई स्थानमा रहेको अवस्थामा भने ओडीआई मान्यता र ग्लोबल क्वालिफायर दुवैका लिग प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा रहनुपर्नेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक